सांसद महावीर पुनको आशय– मन्त्रालयमा कानुनको उपसचिवले झुलाइ दिन्छन् विधेयक

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं– पूर्वशिक्षामन्त्री रहेका प्रतिनिधि सभा सदस्य महावीर पुनःले कुनै पनि विधेयक बनाउँदा मन्त्रालयमा कानुनको उपसचिव जिम्मेवार बनाउन आवश्यक रहेको आशय प्रकट गरेका छन्।

सामाजिक सञ्जालमा मंगलबार बिहान उनले एक पोस्ट लेख्दै आफूले भोगेको अनुभवलाई सुनाएका हुन्। कानुनका उपसचिवले आलटाल गर्ने, मन नलागे लामो विदा बसिदिने र सहसचिव र सचिवले अख्तियार लाग्ने डरले त्यो काम नगर्ने अनुभव रहेको पुनले खुलाएका छन्।