इरानको प्रमुख इन्धन केन्द्र खार्ग टापु सजिलै कब्जा गर्न सक्ने राष्ट्रपति ट्रम्पको दावी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको प्रमुख इन्धन केन्द्र खार्ग टापु सजिलै कब्जा गर्न सक्ने दावी गर्नुभएको छ ।

उहाँले फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्ताका क्रममा ‘इरानको तेल लिन’ खार्ग टापु कब्जा गर्न सक्ने दावी गर्नुभएको हो । उहाँले अझै केही समयका लागि खार्ग टापुमा बस्नु पर्ने हुन सक्ने पनि बताउनुभएको छ । राष्ट्रपति ट्रम्पको पछिल्लो टिप्पणी पश्चिम एशियामा थप ३ हजार ५ सय अमेरिकी सेना आइपुगेको बेला आएको हो । खार्ग टापु इरानको दक्षिणी भागमा पर्सियन खाडीमा अवस्थित सानो तर अत्यन्तै रणनीतिक महत्त्वको क्षेत्र हो । यो विशेषगरी इरानको तेल निर्यातको मुख्य केन्द्रका रूपमा परिचित छ ।

पश्चिम एशियामा जारी द्धन्द्ध कायम रहँदा तेलको मूल्य फेरि बढेको हो । तेलको मूल्य बढेर प्रति ब्यारेल १ सय १५ डलर भन्दामाथि पुगेको छ । ब्रेन्ट कच्चा तेलको मूल्य १ सय १५ दशमलव ८४ डलर छ । जुन २ दशमलव ९ प्रतिशतले बढेको हो ।

गत फेब्रअरी २८ तारिख अघि तेलको मूल्य करिब प्रति ब्यारेल ७२ डलरमा कारोबार भइरहेको थियो । तर अमेरिका र इजरायलले इरानमाथि आक्रमण थालेपछि मूल्य निरन्तर उतारचढाव भइरहेको छ ।