इरानको प्रमुख इन्धन केन्द्र खार्ग टापु सजिलै कब्जा गर्न सक्ने राष्ट्रपति ट्रम्पको दावी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको प्रमुख इन्धन केन्द्र खार्ग टापु सजिलै कब्जा गर्न सक्ने दावी गर्नुभएको छ । उहाँले फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्ताका क्रममा ‘इरानको तेल लिन’ खार्ग टापु कब्जा गर्न सक्ने दावी गर्नुभएको हो । उहाँले अझै केही समयका लागि खार्ग टापुमा बस्नु पर्ने हुन सक्ने पनि बताउनुभएको छ । राष्ट्रपति ट्रम्पको पछिल्लो टिप्पणी […]

सरकारले राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन गर्यो भंग

काठमाडौं । सरकारको शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीलाई स्वागत गर्दै ‘राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन’ भङ्ग गरिएको छ । युनियनका अध्यक्ष राजु ओलियाले सूचना जारी गर्दै सरकारको निर्णयलाई स्वागत गर्दै राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन आइतबारदेखि भङ्ग गरिएको जानकारी गराउनुभएको हो । शासकीय सुधारको १२ नम्बर बुँदामा ‘सार्वजनिक प्रशासनलाई पूर्णतः राजनीतिक हस्तक्षेपबाट मुक्त गर्दै निष्पक्ष, […]

टोकन प्रणालीको अन्त्य गरी अब आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने सरकारको निर्णय

काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिमा रहेको टोकन प्रणालीको अन्त्य गरी आवेदन दिएको दिनमै स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । यसअघि टोकन लिएर तोकिएको दिनमा मात्रै स्वीकृति दिने व्यवस्था थियो । आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहको उपस्थितिमा बसेको बैठकले सहज रुपमा श्रम स्वीकृति दिने निर्णय गरेको मन्त्रालयले जनाएको छ […]

पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य : सीएनआई

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र साह (बालेन) नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै पुराना ऐन खारेजी तथा नीतिगत सुधारको प्रतिबद्वताप्रति नेपाल उद्योग परिसंघ (सीएनआई)ले स्वागत गरेको छ । उत्पादनमुलक तथा सेवामुलक उद्योगको प्रतिनिधिमुलक संस्था परिसंघले निरन्तर रुपमा दिँदै आएका सुझाव कार्यान्वयनलाई नवगठित सरकारले प्राथमिकतामा राखेकामा खुसी व्यक्त गरेको हो । सुशासन कायम तथा भ्रष्टाचार अन्त्यको आम चाहनालाई […]

कांग्रेसमा समानान्तर गतिविधिमा तिव्रता, खड्का–कोइरालाले फेरि के गर्दैछन्?

काठमाडौं– नेपाली कांग्रेसमा समानान्तर गतिविधिले तिव्रता पाएको छ। शेरबहादुर देउवा पक्षका नेता र शेखर कोइरालाको संयुक्त समूहले समानान्तर गतिविधिमा तिव्रता दिएको हो। पूर्णबहादुर खड्काले कार्यबाहक सभापतिका हैसियतमा नै विज्ञप्ति निकालेर पक्राउ गरिएका रमेश लेखकको बचाऊ गरेपछि कांग्रेसभित्र विवाद सुरु भएको थियो। खब खड्का र कोइराला समूहले कांग्रेसबाट निर्वाचित सांसदलाई सोमबार धुम्बाराहीमा शुभकामना दिने कार्यक्रम आयोजना […]

मन्त्रिपरिषद बैठक बस्ने, एजेन्डा के होलान्?

काठमाडौं– प्रधानमन्त्री बालेन शाहले सोमबारलाई मन्त्रिपरिषद बैठक बोलाएका छन्। प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद बैठक डाकिएको बताइएको छ। दिउँसो ४ बजेलाई डाकिएको बैठकमा राख्ने एजेन्डाबारे खुलाइएको छैन। तर आइतबार दिनभर मन्त्रीहरुसँग छलफल गरेका प्रधानमन्त्री बालेनले एजेन्डाका लागि विभागीय मन्त्रीलाई सुझाव दिइसकिएको बुझिन्छ।