
काठमाडौं– प्रधानमन्त्री बालेन शाहले सोमबारलाई मन्त्रिपरिषद बैठक बोलाएका छन्।
प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद बैठक डाकिएको बताइएको छ। दिउँसो ४ बजेलाई डाकिएको बैठकमा राख्ने एजेन्डाबारे खुलाइएको छैन।
तर आइतबार दिनभर मन्त्रीहरुसँग छलफल गरेका प्रधानमन्त्री बालेनले एजेन्डाका लागि विभागीय मन्त्रीलाई सुझाव दिइसकिएको बुझिन्छ।