अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को सूचना प्रकाशित नभएसम्मका लागि निर्वाचन स्थगित गरेको छ।
एन्फा निर्वाचन समितिले बिहीबार सूचना जारी गर्दै अर्को सूचना नआएसम्म निर्वाचन स्थगित गरिएको जनाएको हो। उक्त निर्वाचन शुक्रबार अर्थात् भोलि हुने तय गरिएको थियो।
बुधबार बेलुका राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो।
