प्रतिवेदनमा पूर्वप्रधानमन्त्री खनालको बयान– ऊनी अहिले तथाकथित सरकारको लागि घाइते समेत भइनन्

काठमाडौं– जेनजी विद्रोहका क्रममा भदौ २४ गते घरमा आगजनी मात्र नभई पत्नीमाथि नै आक्रमण र आगो लगाइएका पूर्वप्रधानमन्त्री झलनाथ खनालको बयान पनि न्यायीक जाँचबुझ आयोगले समावेश गरेको छ। सरकारले पाएको गौरीबहादुर कार्की आयोगको प्रतिवेदनको बयानमा उनै खनालले पत्नी रविलक्ष्मी चित्रकारमाथि भएको आक्रमणलगायतका विषयमा बोलेका छन्। उनले चित्रकारलाई सुशीला कार्की नेतृत्वको सरकारले घाइतेको सूचीमा नराखेकोमा आयोगको […]

आँखा उपचारले दियो खुसी, मिर्चैया शिविरमा ३१२ जनाको निशुल्क मोतियाविन्दुको शल्याक्रिया

मिर्चैया नगारपालिका ७ मुराबारीका ८५ वर्षिय सुकराम सदायको आँखा धमिलो देख्न थालेको ८  वर्ष भन्दा बढी भएको थियो। कमजोर आर्थिक अवस्था भएका उले आजसम्म उपचार गराउन सकेका थिएनन्। आँखामा आँसु आउने, धमिलो देखिने र कुनै कुनैवेला केही बस्तुले झ्याप्प छोपेजस्तो लाग्ने समस्याबाट पीडित उनी आर्थिक अभावकै कारण उपचारमा जान सकेका थिएनन्। दुईभाई छोराहरुले नहेरेपछि छोरीको […]

केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न काँग्रेसले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको पछिल्लो बैठकका निर्णयहरू र समसामयिक राजनीतिक विषयमा जानकारी दिन आज बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेको छ। हिजो चैत्र ११ गते पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, बी.पी. नगरमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले गरेका महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गर्न यो कार्यक्रम आह्वान गरिएको हो। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार पत्रकार सम्मेलन […]

नेपाली बाहेकको भाषामा शपथ लिने सांसदको संख्या ६३ पुग्यो

 काठमाडौं – नेपाली बाहेकको भाषामा शपथ लिने प्रतिनिधि सभा सदस्य (सांसद)हरूको संख्या ६३ पुगेको छ । संघीय संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिन्छु भनेर इमेल र भौतिक रुपमा उपस्थित भएर जानकारी गराएका हुन् । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ आज दिउँसो २ बजे हुँदैछ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह […]

इरानले भारतसहित पाँच देशलाई दियो ‘हर्मुज’बाट जहाज आवतजावतको अनुमति

इरान – अमेरिका-इजरायल र इरानबीचको युद्ध २७औँ दिनमा प्रवेश गरेको छ। यो बीचमा इरानले भारत सहित पाँच देशलाइ ‘स्ट्रेट अफ हर्मुज’ बाट जहाज आवतजावतको अनुमति दिएको छ। जसमा भारतसहित चीन, रूस, इराक र पाकिस्तान रहेका छन्। समाचार संस्था एएनआइले मुम्बईस्थित इरानी कन्सुलेटलाई उद्धृत गर्दै यो जानकारी दिएको हो। कन्सुलेटका अनुसार, इरानका विदेशमन्त्री अब्बास अराघची ले […]

मध्यपूर्व द्वन्द्व समाधानका लागि वार्ताको सहजीकरण गर्न पाकिस्तान तयारः प्रधानमन्त्री सरिफ

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले यदि अमेरिका र इरान सहमत भएमा मध्यपूर्वमा जारी द्वन्द्वको बृहत समाधानका लागि अर्थपूर्ण र निर्णायक वार्ताको आयोजना तथा सहजीकरण गर्न पाकिस्तान तयार रहेको बताउनुभएको छ । प्रधानमन्त्री सरिफले सामाजिक सञ्जालमार्फत यस्ताे बताउनुभएको हो । उहाँले यस क्षेत्र र विश्वकै शान्ति तथा स्थिरताका लागि मध्यपूर्वको द्वन्द्व अन्त्य गर्न भइरहेकाे संवादका प्रयासहरूलाई […]