
काठमाडौं– नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण कार्यक्रम सकिएको छ।
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले निर्वाचित २७४ जना सांसदलाई शपथ ग्रहण गराएका थिए।
सो क्रममा हलमा गज्जबको बस्ने अर्डर मिलाइएको थियो। दाहिने कुनाको दुईटा मात्र सिट भएको टेबुलकुर्सीमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री ज्ञानेन्द्र शाही रहेका थिए।
उनीहरुसँगैको छेउमा दुई जना मात्र बस्ने अर्को टेबुलकुर्सीमा एमाले उपाध्यक्ष रामबहादुर थापा बादल र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड बसेका थिए।
यता बीचको चार जना बस्ने ठाउँमा रास्वपा सभापति रवि लामिछाने, बरिष्ठ नेता बालेन शाह, उपाध्यक्षद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले रहेका थिए।