बालेन र रविले गर्दा शपथ १२ मिनेट ४६ सेकेन्ड ढिलो भयोः हर्क साम्पाङ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले रास्वपा बरिष्ठ नेता बालेन शाह र सभापति रवि लामिछानेका कारण सांसदको शपथ १२ मिनेट ४६ सेकेन्ड ढिलो भएको दाबी गरेका छन्।

सामाजिक सञ्जालमा शपथलगत्तै पोस्ट राखेका उनले यसो भनेका हुन्।

‘मैले मोबाइल हेरेको भाइरल बनाउने मिडियाले बालेनजी र रविजीले गर्दा १२ मिनेट ४६ सेकेण्ड ढिलो शपथ भएको किन नदेखेको?’, हर्क साम्पाङले लेखेका छन्।

विहीबार सिंहदरबारस्थित संसद भवनमा नव निर्वाचित सांसदहरूको शपथ ग्रहण कार्यक्रम थियो।