डिजिटलाइजेशनमार्फत संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्छौँ : रास्वपा सांसद झा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सुशासनलाई आफ्नो मूल मन्त्र बनाउँदै सार्वजनिक सेवामा सुधार र डिजिटलाइजेशनमार्फत संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्ने बताउनुभएको छ ।

पद तथा गोपनीयताको शपथ लिनुअघि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल ऐतिहासिक रूपमा पुरानो देश भएपनि संस्थागत अभ्यासको दृष्टिले पछाडि रहेको उल्लेख गर्दै राज्य सञ्चालनमा प्रणालीगत सुधार अपरिहार्य रहेको धारणा राख्नुभयो ।

उहाँले देशको पहिचान र अस्तित्व पुरानो भएपनि संस्थागत अभ्यास कमजोर रहेको औंल्याउँदै प्रभावकारी शासनका लागि आधुनिक प्रणाली र नीतिगत स्पष्टता आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सुशासन हाम्रो मुलमन्त्र हो त्यसैमा हामी निहित हुनेछौँ । सार्वजनिक सेवामा सुधार, डिजिटलाइजेशनमार्फत संस्थागत सुदृढीकरण हामीले भनिरहेका छौँ । नेपाल देशको रुपमा धेरै पुरानो देश हो । पहिचान र अस्तित्वको रुपमा हामी पुरानो देश भएपनि संस्थागत अभ्यासको रुपमा हेर्ने हो भने हामी निकै पछाडि छौँ । त्यसैले हामीले संस्थागत राजकाजको अभ्यासको रुपमा मुलुकलाई प्राथमिकतामा राख्नुपर्नेछ ।’

मुलुकलाई संस्थागत राजकाजको अभ्यासतर्फ अघि बढाउने विषय पार्टी र सरकारको प्राथमिकतामा रहने उहाँको भनाइ छ ।