आँखा उपचारले दियो खुसी, मिर्चैया शिविरमा ३१२ जनाको निशुल्क मोतियाविन्दुको शल्याक्रिया

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

मिर्चैया नगारपालिका ७ मुराबारीका ८५ वर्षिय सुकराम सदायको आँखा धमिलो देख्न थालेको ८  वर्ष भन्दा बढी भएको थियो। कमजोर आर्थिक अवस्था भएका उले आजसम्म उपचार गराउन सकेका थिएनन्। आँखामा आँसु आउने, धमिलो देखिने र कुनै कुनैवेला केही बस्तुले झ्याप्प छोपेजस्तो लाग्ने समस्याबाट पीडित उनी आर्थिक अभावकै कारण उपचारमा जान सकेका थिएनन्।

दुईभाई छोराहरुले नहेरेपछि छोरीको सरणमा बसेका सदायको छोरी पनि मरेपछि वेसहारा जस्तै भएका छन्। सामाजिक सुरक्षा भत्ताले जसो तसो जीविका चलाउँदै आएका सदायले आँखा उपचार गराउने सोच्न समेत सकेका थिएनन्।

दुवै आँखा मोतियाविन्दुले ढाकेपछि घुमफिर गर्न समेत समस्या झेल्दै आएका सदायलाई आफ्नै ठाउँमा शिविर आएपछि उपचार सम्भव भएको हो। दुवै आँखामा मोतियाविन्दु देखिएपनि यो पटक बाँया आँखाको शल्यक्रिया भएको छ। शल्याक्रिया पछि छ्याङ्ङ देख्ने भएका छन्। आँखा राम्रो देख्ने भएपछि उनि औधि खुसी भए।

WhatsApp Image 2026-03-26 at 10.49.05

उनले भने, ‘आँखा उपचार नगराई मर्ला भन्ने पिरलागिरहन्थ्यो, आफ्नै ठाउँमा शिविर आएर उपचार गराएर देख्ने हुन पाउँदा धेरै खुशी लागेको छ।’

उनीमात्र हैन मिर्चैया १ का ८२ वर्षिय गोपाल कापर दाहिने आँखा कम देख्ने समस्याबाट पीडित थिए। आर्थिक अवस्था कमजोर रहेका उनले उपचार गराउन सकिरहेका थिएनन्। नगरपालिकाले शिविर ल्याएर आफ्नै ठाउँमा उपचार गराउन पाएकोमा दङ्ग छन्। कापरले भने, ‘हामीसँग यति पैसा  कहाँबाट आउनु, आफ्नै ठाउँमा त्यति ठूलो अस्पतालका डाक्टर आएर आँखा उपचार गराउन पाएकोमा म त धेरै खुसी छु।’

मिर्चैयाकै अर्की ७३ वर्षिया एकल महिला  जानकी देवी साहको आँखामा मोतिया विन्दु देखिएको ३ भईसकेको थियो। तर आर्थिक अभावका कारण उनले उपचार गराउन सकिरहेकी थिएनन्। आफ्नै ठाउँमा शिविर आएकाले आज निः शुल्क अप्रेशन भयो। अप्रेशन पछि उनले भने, ‘आँखा धमिलो देख्न थालेपछि कसरी उपचार गराउने भन्ने सोचिरहेको हुन्थे। आज शिविरमा अप्रेशन गरेर राम्रोसँग देख्ने भएँ। यो मौका जुराईदिएकोमा नगरालिका र अस्पताललाई धन्यवाद छ।’

उनले खुसीहुँदै थपीन, ‘आँखामा बादल लागेजस्तो, केही आएर छोपीएजस्तो हुन्थ्यो। आँखा अप्रेशन पछि राम्रो देखेको छु। अव कामकाज गर्न अलि सजिलो हुन्छ होला।’

सदाय, कापर र साह मात्र हैन शिविरमा ३१२ जनाको मोतियाविन्दुको शल्याक्रिया भएको छ। मिर्चैया नगरपालिका र तिलगंगा आँखा अस्पतालको सहकार्यमा दृष्टि परीक्षण, मोतियावन्दु छनौट तथा चश्मा जाँचसहितको बृहत आँखा शिविरमा उनीहको निःशुल्क शल्यक्रिया भएको हो।

‘आर्थिक लगायत विविध कारणले आँखाको उपचारबाट बञ्चितहरुको लागि विभिन्न सहयोगी संस्थासँगको सहकार्यमा समय समयमा देश तथा विदेशमा गएर अस्पतालले शिविरमार्फत आँखाँको निःशुल्क उपचार प्रदान गर्दै आएको छ;’ तिलगंगा आँखा अस्तालका नेत्र अधिकृत बासुदेव अधिकारीले भने, ‘अस्पतालको सोही योजना अनुसार यो पटक सिरहाको मिर्चैयामा शिविरमार्फत आँखाको वृहत उपचार गरिएको हो।’

  • सिरहाको मिर्चैया नगरपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ, जसमा ३१२ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ।
  • आर्थिक अवस्था कमजोर भएका वृद्धवृद्धाहरूलाई लक्षित गरी तिलगंगा आँखा अस्पताल र मिर्चैया नगरपालिकाको सहकार्यमा शिविर आयोजना गरिएको हो।
  • शिविरमा आँखा परीक्षण, मोतियाबिन्दु छनोट, चश्मा जाँच, र शल्यक्रिया लगायतका सेवाहरू निःशुल्क प्रदान गरिएको थियो।

सिरहा । मिर्चैया नगारपालिका ७ मुराबारीका ८५ वर्षिय सुकराम सदायको आँखा धमिलो देख्न थालेको ८  वर्ष भन्दा बढी भएको थियो। कमजोर आर्थिक अवस्था भएका उले आजसम्म उपचार गराउन सकेका थिएनन्। आँखामा आँसु आउने, धमिलो देखिने र कुनै कुनैवेला केही बस्तुले झ्याप्प छोपेजस्तो लाग्ने समस्याबाट पीडित उनी आर्थिक अभावकै कारण उपचारमा जान सकेका थिएनन्।

दुईभाई छोराहरुले नहेरेपछि छोरीको सरणमा बसेका सदायको छोरी पनि मरेपछि वेसहारा जस्तै भएका छन्। सामाजिक सुरक्षा भत्ताले जसो तसो जीविका चलाउँदै आएका सदायले आँखा उपचार गराउने सोच्न समेत सकेका थिएनन्।

दुवै आँखा मोतियाविन्दुले ढाकेपछि घुमफिर गर्न समेत समस्या झेल्दै आएका सदायलाई आफ्नै ठाउँमा शिविर आएपछि उपचार सम्भव भएको हो। दुवै आँखामा मोतियाविन्दु देखिएपनि यो पटक बाँया आँखाको शल्यक्रिया भएको छ। शल्याक्रिया पछि छ्याङ्ङ देख्ने भएका छन्। आँखा राम्रो देख्ने भएपछि उनि औधि खुसी भए।

WhatsApp Image 2026-03-26 at 10.49.05

उनले भने, ‘आँखा उपचार नगराई मर्ला भन्ने पिरलागिरहन्थ्यो, आफ्नै ठाउँमा शिविर आएर उपचार गराएर देख्ने हुन पाउँदा धेरै खुशी लागेको छ।’

उनीमात्र हैन मिर्चैया १ का ८२ वर्षिय गोपाल कापर दाहिने आँखा कम देख्ने समस्याबाट पीडित थिए। आर्थिक अवस्था कमजोर रहेका उनले उपचार गराउन सकिरहेका थिएनन्। नगरपालिकाले शिविर ल्याएर आफ्नै ठाउँमा उपचार गराउन पाएकोमा दङ्ग छन्। कापरले भने, ‘हामीसँग यति पैसा  कहाँबाट आउनु, आफ्नै ठाउँमा त्यति ठूलो अस्पतालका डाक्टर आएर आँखा उपचार गराउन पाएकोमा म त धेरै खुसी छु।’

मिर्चैयाकै अर्की ७३ वर्षिया एकल महिला  जानकी देवी साहको आँखामा मोतिया विन्दु देखिएको ३ भईसकेको थियो। तर आर्थिक अभावका कारण उनले उपचार गराउन सकिरहेकी थिएनन्। आफ्नै ठाउँमा शिविर आएकाले आज निः शुल्क अप्रेशन भयो। अप्रेशन पछि उनले भने, ‘आँखा धमिलो देख्न थालेपछि कसरी उपचार गराउने भन्ने सोचिरहेको हुन्थे। आज शिविरमा अप्रेशन गरेर राम्रोसँग देख्ने भएँ। यो मौका जुराईदिएकोमा नगरालिका र अस्पताललाई धन्यवाद छ।’

उनले खुसीहुँदै थपीन, ‘आँखामा बादल लागेजस्तो, केही आएर छोपीएजस्तो हुन्थ्यो। आँखा अप्रेशन पछि राम्रो देखेको छु। अव कामकाज गर्न अलि सजिलो हुन्छ होला।’

सदाय, कापर र साह मात्र हैन शिविरमा ३१२ जनाको मोतियाविन्दुको शल्याक्रिया भएको छ। मिर्चैया नगरपालिका र तिलगंगा आँखा अस्पतालको सहकार्यमा दृष्टि परीक्षण, मोतियावन्दु छनौट तथा चश्मा जाँचसहितको बृहत आँखा शिविरमा उनीहको निःशुल्क शल्यक्रिया भएको हो।

‘आर्थिक लगायत विविध कारणले आँखाको उपचारबाट बञ्चितहरुको लागि विभिन्न सहयोगी संस्थासँगको सहकार्यमा समय समयमा देश तथा विदेशमा गएर अस्पतालले शिविरमार्फत आँखाँको निःशुल्क उपचार प्रदान गर्दै आएको छ;’ तिलगंगा आँखा अस्तालका नेत्र अधिकृत बासुदेव अधिकारीले भने, ‘अस्पतालको सोही योजना अनुसार यो पटक सिरहाको मिर्चैयामा शिविरमार्फत आँखाको वृहत उपचार गरिएको हो।’

WhatsApp Image 2026-03-26 at 10.49.07

यो अप्रेशन अस्पतालमा गएर गराउँदा करिव २८–३० हजार खर्च हुने उनले बताए। अधिकृत अधिकारीले भने, ‘अहिले यहाँ भएको अप्रेशनमा अस्पताललेमात्र १४ हजार लिन्छ। त्यसवाहेक अन्य जाँज, औषधी तथा भाढा किराया गर्दा एक जना बरावर २८–३० हजार खर्च हुन जान्छ। यो सामान्य आर्थिक अवस्था भएका परीवारको लागि ठूलै रकम हो।’

शिविरमा अति विपन्न, दलित गरिवहरुले उपचार पाएको मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवले जानकारी दिए। उनले दलित तथा विपन्न परीवारका वृद्धमा आँमा समस्या देखिएपनि उपचार नपाईरहेको भन्ने जानकारी पाएर आफूले तिलगंगा आँखा अस्पताललाई अनुरोध गरेर शिविरको आयोजना गरेको बताए।

यहि चैत २ गते देखि ८ गतेसम्म प्रत्यक वडा र मिर्चैया अस्पतालमासमेत भएको स्क्रिनिङ शिविरमा ४ हजार ५५० जनाको  आँखा उपचार पाएको स्वास्थ्य शाखा प्रमुख राजन कुमार साहले जानकारी दिए। जसमध्ये ३१२ जनाको मोतिया विन्दुको सल्यक्रिया भएको साहले बताए।

उनले शिविर पूर्णरपमा निःशुल्क भएको बताउँदै सल्याक्रिया, औषधी र चश्मासमेत निःशुल्क दिइएको जानकारी दिए। उनले उपचारमा विरामीको एक रुपैयाँपनि खर्च नभएको सुनाए।