लुम्बिनी विकास कोषमा चार महिनादेखि पदाधिकारीविहीन, नीतिगत निर्णयमा समस्या

लुम्बिनी विकास कोषका पदाधिकारी तथा सदस्यको पद रिक्त भएको करिब चार महिना पुगे पनि नयाँ नियुक्ति हुन सकेको छैन । पदाधिकारी नहुँदा कोषका नियमित कामसँगै नीतिगत निर्णय, दीर्घकालीन योजना तथा वार्षिक बजेट कार्यान्वयनसमेत प्रभावित भएको छ । गत वैशाख १९ गते सरकारले जारी गरेको ‘सार्वजनिक पदाधिकारीको विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३’ राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै […]
नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा सगुन पौडेल
नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ तथा स्वास्थ्य नीति र स्वास्थ्य प्रणालीका विशेषज्ञ सगुन पौडेल नियुक्त भएका छन्। नेपालको स्वास्थ्य क्षेत्रमा १३ वर्षभन्दा बढीको अनुभव हासिल गर्नुभएका पौडेलले समुदायस्तरका स्वास्थ्य संस्थादेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा प्राविधिक एवं नेतृत्वदायी भूमिकामा काम गरेका छन्। उनले विश्व स्वास्थ्य संगठन नेपाल, आरटीआई […]
गर्ल्स होस्टेल र बढी मूल्यमा बिक्री गर्ने ओलीज स्टोरलाई ५ लाख जरिवाना
उपभोक्ता ठगी गर्ने तथा नियमविपरीत सञ्चालनमा रहेका व्यावसायिक फर्महरूमाथि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कडा कारबाही गरेको छ । विभागले मंगलबार गरेको अनुगमनका क्रममा काठमाडौँका दुई व्यावसायिक फर्मलाई ५ लाख रुपैयाँ जरिवाना तिराएको छ । विभागका अनुसार काठमाडौँ महानगरपालिका–३२, कोटेश्वरमा सञ्चालित न्यु फेमिली गर्ल्स होस्टेललाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ । विद्यार्थी भर्ना गर्दा प्यान […]
तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नर्भिकमा सफलतापूर्वक निकालियो

नर्भिक इनटरनेशनल हस्पिटलमा तीन महिनाका बालकको पेटमा अड्किएको तीन सेन्टिमिटरको हेयरपिन (कपालमा लगाउने सिम्टीकाटा) इन्डोस्कोपिक विधिबाट सफलतापूर्वक निकालिएको छ । नर्भिक अस्पतालका पेडियाट्रिक ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा सुमित अग्रवाल नेतृत्वको चिकित्सकटोलीले रौतहटका तीन महिनाका बालकको पेट र सानो आन्द्राको बीच भाग पाइलोरस ( पेटको तल्लो भाग)मा अड्किएर बसेको तीन सेन्टिमिटरको हेयरपिन सफलतापूर्वक निकालेको हो । उपचारमा डा. […]
हामी छिट्टै आन्दोलन गर्छौँ, तयारी अवस्थामा बस्नुहोस् : संयोजक दाहाल
नेकपाका संयोजक पुष्पकमल दाहालले राज्यले जनतामाथि हमला गरिरहेको आरोप लगाएका छन्। मंगलबार बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले उक्त हमलाको सामना गर्ने मुख्य जिम्मेवारी पार्टीकै रहेको बताए। पहिचान र अधिकार माथि प्रतिक्रान्तिकारी प्रतिगामी हमला भइराखेको बताउँदै उनले भने,‘हाम्रा मजदुर किसान र श्रमजीवी जनता माथि राज्यकै तर्फबाट हमला भइराखेको छ। त्यसको सामना गर्ने मुख्य जिम्मेवारी […]
चिटिक्क पारियो कोशी प्रदेशसभा परिसर (तस्बिरहरु)
साबिक तरकारी बजार हालको प्रदेशसभा सचिवालय परिसरलाई चिटिक्क पारिएको छ। कोशी प्रदेश सभाको भदौ ३ गतेको बैठक नयाँ हलमा राख्न लागिएपछि प्रदेशसभा सचिवालय परिसरलाई चिटिक्क पारिएको हो। गत वर्षको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा विराटनगरको देवकोटा चोकस्थित प्रदेशसभा सचिवालय र प्रदेशसभा बैठक हल जलेर काम नलाग्ने भएपछि कोशी प्रदेश सभाको सचिवालय मोरङको […]
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित

प्रतिनिधि सभाको बैठक बुधबार(भदाै ३) दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ। मंगलबार बसेको बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर, वार्षिक प्रतिवेदन पेस र विधेयकमाथिको छलफलपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गरेका हुन्। बैठकको कार्यसूचीअनुसार विभिन्न चार मन्त्रालयका मन्त्रीहरूले सांसदहरूले सोधेका मौखिक प्रश्नहरूको उत्तर दिए। परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, संस्कृति, पर्यटन […]
आयोगले गर्यो निर्वाचन व्यवस्थापनबारे पूर्वप्रमुख निर्वाचन आयुक्तहरूसँग छलफल

निर्वाचन आयोगले चुनावी व्यवस्थापनका विभिन्न विषयमा पूर्वनिर्वाचन प्रमुख आयुक्त र आयुक्तहरूसँग छलफल गरेको छ। नवनियुक्त प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तहरूले पद बहाली गरे पश्चात् आयोगले निर्वाचन व्यवस्थापनमा अघि बढाएका सुधारका योजनाहरूका सन्दर्भमा उक्त छलफल गरेको हो। जसमा निर्वाचन व्यवस्थापनका कानुनी, प्रविधिगत, व्यवस्थापकीय सुधार लगायतका विविध विषयमा छलफल गरी सुधारका लागि सुझाव प्राप्त भएको आयोगले जनाएको […]