उपभोक्ता संरक्षण ऐन संशोधन र प्रभावकारी अनुगमनको माग गर्दै सरकारलाई १६ बुँदे सुझाव

 बजारमा व्याप्त अस्वस्थ प्रतिस्पर्धा, गुणस्तरहीन वस्तुको बिक्री, मूल्यमा मनपरी र उपभोक्तामाथि हुने ठगी नियन्त्रणका लागि कानुनी तथा संस्थागत सुधारको माग गर्दै उपभोक्ता जागरण अभियान (नेपाल) ले सरकारलाई १६ बुँदे सुझावपत्र बुझाएको छ । संरचनागत कमजोरी नहटाई संविधानप्रदत्त उपभोक्ता अधिकार सुनिश्चित हुन नसक्ने निष्कर्षसहित अभियानले शुक्रबार सरकारका उच्च अधिकारी तथा संसदीय समितिका सभापतिलाई सुझावपत्र हस्तान्तरण गरेको […]

डा शशांकले भने: शेखर दाइ कार्यव्यस्तताले नआउनुभएको हो, उहाँको समर्थन छ

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट समूहले आगामी राष्ट्रिय भेलाको तयारीबारे जानकारी दिन शनिबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेको छ। पत्रकार सम्मेलनमा समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको नेतृत्वमा ५५१ सदस्यीय आयोजक समिति गठन गरिएको जानकारी दिएको छ। भेलालाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न १६ वटा विभिन्न तयारी समिति समेत गठन गरिएको […]

कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेला : ५ सय ५१ सदस्यीय आयोजक समिति

नेपाली कांग्रेसको संस्थापन इतर पक्षले राष्ट्रिय भेलाको तयारीका लागि डा शशांक कोइरालाको संयोजकत्वमा ५ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको घोषणा गरेको छ। शनिबार पत्रकार सम्मेलनमा आयोजक समितिसँगै विभिन्न जिम्मेवारी बाँडफाँटका लागि १६ वटा उपसमिति समेत गठन गरिएको जानकारी दिएको हो। यसअघि नै इतर समूहले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला […]

गृहमन्त्री गुरुङ जनकपुरमा

गृहमन्त्री सुदन गुरुङ आज जनकपुर आइपुगेका छन्। आन्दोलनरत पक्षसँग वार्ताका लागि उनी जनकपुर आइपुगेका हुन्। जिल्ला प्रशासन कार्यालय धनुषाको सभाहलमा हिन्दु युवाको संगठन हिन्दु सम्राट सेनाका सदस्यहरू र गृहमन्त्रीबीच वर्ता हुन लागेका हो। प्रमुख जिल्ला अधिकारको अगुवाइमा आज जनकपुरमा सद्भाव र्‍याली निकालिएको थियो। हिन्दु संघसंस्थाका युवाहरूले विरोध जनाएका थिए। उनीहरूले आफूहरूलाई बाहिर राखेर कुनै पनि […]

किन एकाएक छिरे स्पेनमा ६० हजार आप्रवासी ? कहाँ पर्छन् स्पेनका सेउता र मेलिल्ला ?

अनुमानित ५० हजारदेखि ६० हजार आप्रवासी दुई दिनको अवधिमा मोरक्कोबाट स्पेनको उत्तर अफ्रिकी भू–भागमा रहेको सेउता प्रवेश गरेका छन् । यो पछिल्ला वर्षहरूमा भएका सबैभन्दा ठुलो सामूहिक सीमा पारमध्येको एक हो । यद्यपि स्पेनी अधिकारीहरूका अनुसार शुक्रबारसम्म ४८ हजार ३०० भन्दा बढी आप्रवासी मोरक्को फर्किसकेका छन् । उनीहरूमध्ये धेरैले खाना, पानी र आश्रयको अभावका कारण […]

जापान भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो, ९ हजारभन्दा बढी आश्रयस्थलमा

जापानको कुमामोतो प्रिफेक्चरमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ भने ९ हजार २०० भन्दा बढी बासिन्दा अझै पनि सुरक्षित आश्रयस्थलमा बसिरहेका छन् । कुमामोतो प्रिफेक्चर सरकारको विपद् व्यवस्थापन मुख्यालयको शनिबार बसेको बैठकमा अधिकारीले मृतकको सङ्ख्या ३६ रहेको र ६ जनाको अवस्था गम्भीर रहेको जानकारी दिएका छन् । प्रिफेक्चरका अनुसार मृतकमध्ये नौ […]

सद्भाव र्‍याली लगत्तै सुनसरी र सिरहा घटनाका दोषीलाई कारबाहीको माग गर्दै जनकपुरधाममा प्रदर्शन

सुनसरी र सिरहामा भएका घटनाका दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन माग गर्दै जनकपुरधाममा विरोध प्रदर्शन गरिएको छ। जनकपुरधाममा आयोजित सद्भाव र्‍याली समापन भएलगत्तै युवाहरूको एक समूहले दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेको हो। नगरमा आयोजित सद्भाव र्‍याली विसर्जन भएलगत्तै स्वतःस्फूर्त रूपमा भेला भएका युवाहरूले विरोध प्रदर्शन सुरु गरेका थिए। उनीहरूले सुनसरी र सिरहामा भएका घटनाप्रति […]

नेपाली समाजमा ‘भेडोपन’ हाबी भएको छ : खगेन्द्र सङ्ग्रौला

राजनीतिक विश्लेषक खगेन्द्र सङ्ग्रौलाले नेपाली समाजमा पछिल्लो समय विवेकभन्दा ‘भेडोपन’ हाबी भएको बताएका छन्। उनले गत फागुन २१ गते भएको संसदीय निर्वाचनमा धेरै मतदाताले उम्मेदवारको पहिचान नै नगरी मतदान गरेको  भन्दै यस्तो बताएका हुन्। ‘समाज र राजनीतिबीचको अन्तरसम्बन्ध’ विषयक कार्यक्रममा बोल्दै सङ्ग्रौलाले चितवन र नवलपरासीका मतदाताको अनुभव सुनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न ‘घण्टी’मा मतदान […]

राजनीति नागरिक र मानव सेवाको सबैभन्दा ठूलो माध्यम हो : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति सत्ता र शक्तिको साधन मात्र नभई नागरिक तथा मानवसेवा गर्ने सबैभन्दा प्रभावकारी माध्यम भएको बताएका छन्। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले कार्यक्रममा बोल्दै थापाले आफूहरू राजनीति नै नागरिकको सेवा गर्ने उद्देश्यका साथ आएपनि पछिल्लो समय राजनीतिलाई केवल सत्ता र […]