छल्दी खोलामा झोलुङ्गे पुल

धुर्कोट गाउँपालिका र इस्मा गाउँपालिकामा पर्ने छल्दी खोलामा झोलुङ्गे पुल निर्माण भएको छ । यहाँ धुर्कोटको गाउँपालिकाको वस्तु र इस्मा गाउँपालिकाको राङ्दलचौर जोड्नका लागि छल्दी खोलमा ३७० मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो । सस्पेन्सन ब्रिज डिभिजन ललितपुरमार्फत रु एक करोड ८४ लाखको लागतमा यहाँ झोलुङ्गे पुल निर्माण गरिएको हो । पुलको भारवहन क्षमता […]
बेलायतले रूसको तेलमाथिको प्रतिबन्ध नहटाउने

बेलायतले रूसको तेलमाथिको प्रतिबन्ध नहटाउने स्पष्ट पारेको छ । रूसमाथि आर्थिक प्रतिबन्ध आवश्यक रहेको भन्दै बेलायतले तेलमाथिको प्रतिबन्ध कुनै पनि हालतमा नहटाउने बताएको छ । बेलायती ऊर्जामन्त्री माइकल श्याङ्क्सले बीबीसीको ‘टुडे’ कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । यसैबिच अमेरिकाले समुन्द्रमा लोड भएर अलपत्र रहेका रूसको तेल र पेट्रोलियम उत्पादन खरिद गर्न अस्थायी अनुमति दिएको छ […]
एमालेबाट को-को बन्दैछन् समानुपातिक सांसद ?

निर्वाचन आयोगले समानुपातिक मतगणना सकेर दलहरूले पाएको मतका आधारमा पाउने सिट संख्या तोक्दै बन्दसूचीमध्येबाट नाम सिफारिस गर्न पत्राचार गरेको छ । यससँगै दलहरु बन्दसूचीबाट क्लस्टर अनुसारका नाम छनोटमा व्यस्त छन् । आयोगले थ्रेसहोल्ड कटाएका राजनीतिक दलहरूलाई पाएको मतका आधारमा कलस्टरअनुसार सांसदहरूको सूची पठाउन बिहीबार ६ दललाई पत्राचार गरेको थियो । आयोगको पत्र पाएपछि ६ वटै दल बन्दसूचीमा […]
इरान द्वन्द्वले अमेरिकी पेट्रोल मूल्य बढायो, ट्रम्प रणनीति बदल्दै

इरानसँग युद्ध सुरु हुँदा तेल र पेट्रोलियमको मूल्य तीव्र रूपमा बढिरहेको छ, जसका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो ऊर्जा नीतिमा ठूलो परिवर्तन गर्दै छन् । अमेरिकामा पेट्रोलको औसत मूल्य अहिले करिब ३.६ डलर प्रति ग्यालन पुगेको छ, जुन सन् २०२६ को फेब्रुअरीमा २.३० डलर प्रति ग्यालन थियो । यस परिवर्तनले ट्रम्पको पहिलेको सस्तो इन्धनको […]
अमेरिकी सैन्य विमान इराकमा दुर्घटना
आकाशमै इन्धन भर्न प्रयोग हुने अमेरिकी सैन्य विमान इराकमा दुर्घटना भएको छ । इरानविरुद्ध संयुक्त सैन्य कारबाहीमा प्रयोग भइरहेको केसी–१३५ विमान पश्चिमी इराकमा दुर्घटना भएको अमेरिकी सेनाको ‘सेन्ट्रल कमान्ड’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको हाे । इन्धन भर्न प्रयोग भइरहेको दुई मध्ये एउटा विमान दुर्घटना भएको हो । अर्काे विमान भने सुरक्षित रूपमा अवतरण गर्न […]
रणनीतिक पेट्रोलियम भण्डारबाट १७ करोड २० लाख ब्यारेल तेल निकाल्ने अमेरिकाकाे घोषणा
अमेरिकाले आफ्नो रणनीतिक पेट्रोलियम भण्डारबाट १७ करोड २० लाख ब्यारेल तेल निकाल्ने घोषणा गरेको छ । अमेरिकी ऊर्जा मन्त्री क्रिस राइटले एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका ३२ सदस्य राष्ट्रहरूले ऊर्जाको मूल्य घटाउन आ–आफ्नो भण्डारबाट कूल ४० करोड ब्यारेल तेल र प्रशोधित उत्पादनहरू सामूहिक रूपमा निकाल्ने राष्ट्रपति डाेनाल्ड ट्रम्पको प्रस्तावमा सर्वसम्मतिले सहमति जनाएका बताउनुभएको […]
पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि (तस्बिरसहित)
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएकाे छ। पिता मोहनप्रसादकाे ९७ वर्षको उमेरमा शुक्रबार बिहान भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा उपचारका क्रममा निधन भएको हाे । उहाँको पार्थिव शरीरलाई शुक्रबार पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ । बिहीबार राति स्वास्थ्यमा समस्या भएपछि उहाँलाई भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरियामैत्री अस्पताल […]