पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका श्रद्धेय पिता मोहनप्रसाद ओलीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ।
मेयर आचार्यले मोहनप्रसाद ओलीको निधनको खबरले आफूलाई अत्यन्तै मर्माहत बनाएको उल्लेख गर्नुभएको छ। उहाँले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकमा परेको ओली परिवारप्रति सहानुभूति प्रकट गर्नुभएको हो।
मेयर आचार्यले फेसवुकमा लेख्नुभएको छ:
“पूर्व प्रधानमन्त्री केपी शर्मा ओली ज्युका श्रद्धेय पिताजी मोहनप्रसाद ओलीको निधन भएको खबरले म स्तब्ध छु। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु। यस दुःखद घडीमा पूर्व प्रधानमन्त्री ज्यु सहित सम्पूर्ण शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।”
मेयर आचार्यले मोहनप्रसाद ओलीलाई एक प्रेरणादायी अभिभावकका रूपमा स्मरण गर्दै उहाँको निधनले समाजमा अपूरणीय क्षति पुगेको बताउनुभएको छ। उहाँले शोकाकुल परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भनी कामना समेत गर्नुभएको छ।