बेलायतले रूसको तेलमाथिको प्रतिबन्ध नहटाउने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बेलायतले रूसको तेलमाथिको प्रतिबन्ध नहटाउने स्पष्ट पारेको छ । रूसमाथि आर्थिक प्रतिबन्ध आवश्यक रहेको भन्दै बेलायतले तेलमाथिको प्रतिबन्ध कुनै पनि हालतमा नहटाउने बताएको छ । बेलायती ऊर्जामन्त्री माइकल श्याङ्क्सले बीबीसीको ‘टुडे’ कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

यसैबिच अमेरिकाले समुन्द्रमा लोड भएर अलपत्र रहेका रूसको तेल र पेट्रोलियम उत्पादन खरिद गर्न अस्थायी अनुमति दिएको छ । यो कदम इरानसँगको बढ्दो द्वन्द्वका कारण विश्व अर्थतन्त्रमा पर्ने असर कम गर्नका लागि गरिएको बताइएको छ ।

बेलायती ऊर्जामन्त्री श्याङ्क्सले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई थप आर्थिक स्रोत उपलब्ध भएमा त्यसले युक्रेनमाथि रूसको आक्रमणलाई अझ लम्बिने दाबी गरेका छन् । प्रतिबन्ध कमजोर भएमा रूसले पाउने अतिरिक्त आय युक्रेनमाथिको युद्धमा लगानी गर्न सक्ने उनले बताएका छन् ।