पूर्वप्रधानमन्त्री केपी ओलीको स्थान हद फुकुवा

 जेनजी आन्दोलनको क्रममा नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको स्थान हद उच्चस्तरीय जाँचबुझ आयोगले फुकुवा गरेको छ । आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार सोधपुछ प्रक्रिया सकिएकाले विदेश भ्रमण रोक्का र उपत्यका नछाड्ने निर्णयको औचित्य समाप्त भएको हो । ओलीले आइतबार राष्ट्रिय मानव अधिकार आयोगमा साढे दुई घण्टा बयान दिएका थिए भने […]

ईश्वर पोखरेलकाे काठमाडौं-५ बाट एकल नाम सिफारिस

नेकप एमालेका पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम काठमाडौं-५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ एकल सिफारिस भएको छ। निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पोखरेललाई उम्मेदवारका रूपमा सर्वसम्मत रुपमा सिफारिस गर्ने निर्णय गरेको हो। बैठकले पोखरेल उपयुक्त उम्मेदवार भएको निष्कर्ष निकालेको जनाएको छ। पूर्ववरिष्ठ उपाध्यक्ष पोखरेलले काठमाडौं-५ नियमित निर्वाचन लड्दै आएको गृह क्षेत्र […]

झापामा हात्तीबाट बाली जोगाउन गस्ती टोली परिचालन

झापामा जङ्गली हात्तीबाट पीडित बनेका परिवारलाई रू एक करोड ३७ लाख बढी राहत उपलब्ध गराइएको छ । जिल्लामा चालु आर्थिक वर्षको हालसम्म आठ सय ८३ हात्तीपीडितलाई रू एक करोड ३७ लाख ३८ हजार ६४ राहत उपलब्ध गराइएको डिभिजन वन कार्यालयका वन अधिकृत हिमाल पाठकले जानकारी दिए । यस वर्ष हात्तीको आक्रमणमा परी जिल्लामा चार जनाले […]

एमाले नेता महेश र गोकुलकाे आ-आफ्नो निर्वाचन क्षेत्रबाट एकल नाम सिफारिस

नेकपा एमालेका सचिव महेश बस्नेत र सचिवमा पराजित नेता गोकुल बास्कोटा आ-आफ्नो निर्वाचन क्षेत्रबाट उम्म्मेदवारका लागि एकल सिफारिस भएका छन् । बस्नेत भक्तपुर-२ बाट र बास्कोटा काभ्रे-२ बाट सिफारिस भएका हुन् । दुवै नेता २०७० सालदेखि सोही निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्दै आएका छन् । बास्कोटा २०७४ र २०७९ मा सोही क्षेत्रबाट र सचिव बस्नेत २०७४ […]

रेशम चौधरीको आममाफीविरूद्धको मुद्दामा आज सुनुवाइ हुँदै

टीकापुर हत्याकाण्डको मुद्दामा ३ तहकै अदालतबाट दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा साेमबार सुनुवाइ हुने भएकाे छ। २ वर्षदेखि सुनुवाइ हुन नसकेको रेशमको आममाफीविरुद्धको रिट सुनुवाइका लागि साेमबार पेशी तोकिएको हो । रेशमले माफी पाएको भोलिपल्ट अर्थात २०८० जेठ १६ गते टीकापुर हत्याकाण्डमा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी […]

दुर्घटनापछि साढे ४ किलो गाँजा बरामद, फरार चालक पक्राउ

   सर्लाहीको कौडेना गाउँपालिका–३ स्थित पर्सा पोखरी नजिक हुलाकी सडकखण्डमा सोमबार दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको छ। दुर्घटनामा संलग्न एक मोटरसाइकलबाट ठूलो परिमाणमा गाँजा बरामद भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो।बीआर ३० एफ १४६९ र बीआर ०६ सिएन ७४४२ नम्बरका मोटरसाइकल एकापसमा ठोक्किएका थिए। दुर्घटनामा बीआर ३० एफ १४६९ नम्बरको मोटरसाइकल चालक मलंगवा नगरपालिका–७ […]

अमेरिकाले भेनेजुएलाविरूद्ध गरेकाे आक्रामणको चौतर्फी रूपमा विरोध

 अमेरिकी सेनाले गत शनिबार एक अभियान शुरु गरी भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई काराकासमा नियन्त्रणमा लिएको छ। भेनेजुएलामा भएको पछिल्लो अमेरिकी आक्रमणले विश्वव्यापी निन्दा र चिन्ता पैदा गरेको हाे । अधिकांश देशका मानिसहरूले यस कदमको विरोध र निन्दा गर्न सडकमा उत्रिएका छन् । अहिले ल्याटिन अमेरिकामा अमेरिकी वर्चश्व पूरा गर्ने योजना खुल्दैछ । […]

आयोगले आगामी चुनावका लागि निर्वाचन अधिकृत तोक्यो (विज्ञप्तिसहित)

निर्वाचन आयोगले ३६ जना जिल्ला न्यायाधीशलाई जगेडामा रहने गरी मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतका रुपमा तोकेको छ। आयोगले आइतबार राति एक विज्ञप्ति जारी गर्दै ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको हाे। सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तोकिएको छ। यहि पुस २५ गतेदेखि लागू हुने गरी प्रतिनिधिसभा सदस्य […]

यमनमा साउदी सेनाकाे आक्रमणमा परी ८० जना सैनिककाे मृत्यु, १५२ घाइते

यमनको पृथकतावादी दक्षिणी संक्रमणकालीन परिषद (एसटिसी)का करिब ८० जना सैनिककाे मृत्यु भएकाे छ। गत शुक्रबारदेखि साउदी अरबको सहयोगप्राप्त सेनासँगको लडाई र आक्रमणमा मारिएका समूहका एक सैन्य अधिकारीले ८० जनाकाे मृत्यु भएकाे बताएका हुन्। संयुक्त अरब इमिरेट्स समर्थित एसटिसी बलका ८० जनाकाे मृत्यु , १ सय ३० जनालाई बन्धक बनाइएको र १ सय ५२ सदस्य घाइते […]

कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठक साेमबार बस्ने भएकाे छ। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठक केन्द्रीय कार्यालय वीपी स्मृति भवनमा सोमबार दिउँसो १ बजे बस्ने बताउनुभएकाे हाे। बैठकमा वर्तमान राजनीतिक अवस्था, पार्टीको आन्तरिक तथा समसामयिक विषयहरूमा छलफल हुने बुझिएको छ। मुख्य सचिव पौडेलले बैठकमा उपस्थितिका लागि कार्यसम्पादन समितिका सबै पदाधिकारी एवं सदस्यहरूलाई निर्देशानुसार अनुरोध […]