अमेरिकाले भेनेजुएलाविरूद्ध गरेकाे आक्रामणको चौतर्फी रूपमा विरोध

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

 अमेरिकी सेनाले गत शनिबार एक अभियान शुरु गरी भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई काराकासमा नियन्त्रणमा लिएको छ।

भेनेजुएलामा भएको पछिल्लो अमेरिकी आक्रमणले विश्वव्यापी निन्दा र चिन्ता पैदा गरेको हाे । अधिकांश देशका मानिसहरूले यस कदमको विरोध र निन्दा गर्न सडकमा उत्रिएका छन् । अहिले ल्याटिन अमेरिकामा अमेरिकी वर्चश्व पूरा गर्ने योजना खुल्दैछ । यद्यपि उनीहरूले लागूऔषध ओसारपसारविरुद्ध लड्ने लक्ष्य राखेको दावी गरे पनि उनीहरूको मनसाय स्पष्ट छ। राष्ट्रपति डाेनाल्ड ट्रम्प आफैंले भेनेजुएलाको खनिज सम्पत्ति दोहन गर्न चाहनुभएकाे छ।

अमेरिका र भेनेजुएलाबीचको सम्बन्ध ह्युगो चाभेजको पालादेखि नै तनावपूर्ण रहँदै आएको छ । अमेरिकाले भेनेजुएलाको समाजवादी सरकारलाई अधिनायकवादी भन्दै कडा आर्थिक प्रतिबन्धहरू लगाउँदै आएको छ। भेनेजुएलाले अमेरिकालाई आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गरेको र शासन परिवर्तनको प्रयास गरेको आरोप लगाउँदै आएको हाे ।

विशेष गरी तेल र खनिज स्रोतहरूमाथिको नियन्त्रणको विषय यो द्वन्द्वको मुख्य कारण मानिन्छ ।