एमाले सचिवालय बैठक मंगलबार विहान बस्ने

नेकपा (एमाले) को सचिवालय बैठकमा राष्ट्रियसभा सदस्यको निर्वाचनबारे छलफल हुँदैछ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमका अनुसार मङ्गलबार बिहान ९ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बोलाइएको जानकारी दिनुभयो । उहाँका अनुसार भोलि बस्ने सचिवालय बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचन, प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी लगायत समग्र समसामयिक विषयमा छलफल हुनेछ। उहाँले भन्नुभयो, “सचिवालय […]

राष्ट्रिय एकता कमजोर हुँदा नेपाल विदेशी शक्तिको प्रयोगशाला बन्यो : रावल

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पूर्वउपप्रधानमन्त्री डा. भीम रावलले राष्ट्रिय एकता कमजोर हुँदा नेपाल विदेशी शक्तिहरूको प्रयोगशाला बनेको दाबी गर्दै अब त्यस्ता प्रयोगहरू रोक्न वामपन्थी एकता भएको बताएका छन्। नेकपा उदयपुरगढी गाउँपालिकाद्वारा आज आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै डा. रावलले ००७ सालदेखि विदेशी शक्ति र देशभित्रका प्रतिक्रियावादी समूहले मिलेमतोमै नेपालमाथि एकपछि अर्को प्रयोग […]

सामाजिक सद्भाव कायम राखी शान्तिपूर्ण निर्वाचनका लागि सघाउन सबै पक्षलाई प्रधानमन्त्रीको आह्वान

प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सद्भाव कायम राखी शान्तिपूर्ण निर्वाचनका लागि सघाउन सबै पक्षलाई आह्वान गरेकी छन्। प्रधानमन्त्री कार्कीले अहिले मुलुकको अवस्था निकै संवेदनशील रहेको र निर्वाचनको राष्ट्रिय कार्यभार पूरा गर्नैपर्ने भएकाले समाजका सबै पक्षलाई संयम, सहिष्णुता र सद्भाव कायम राख्न आग्रह गरेकी हुन्। पूर्वसांसद मञ्चको एक प्रतिनिधिमण्डलसँग बालुवाटारमा सोमबार साँझ भएको भेटमा प्रधानमन्त्री कार्कीले भनिन्, […]

वीरगञ्जमा भोली बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रमा बढ्दो तनाव नियन्त्रण गर्न कर्फ्यु आदेश जारी गरेको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी कर्फ्यु आदेश सोमबार साँझ ६ बजेदेखि मङ्गलवार बिहान ८ बजेसम्म लागू रहनेछ । कर्फ्यु लागू हुने क्षेत्र पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चौक र […]

रास्वपा र थरुहटर थारुवान पक्षबीच बृहत् राजनीतिक समायोजन सहमति

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्व तथा थरुहटरथारुवान अभियन्ताबीच बुँदे बृहत् राजनीतिक समायोजन’ सहमति भएको छ। सहमतिमा जेन–जी आन्दोलनको अपनत्व, १० वर्षभित्र नेपाललाई मध्यम आय भएको राष्ट्र बनाउने प्रतिबद्धता र संरचनागत सुधार गर्ने उल्लेख छ। समायोजनपछि दलको नाम, झण्डा र चुनाव चिह्न घण्टी’ यथावत् रहनेछ। थारु बहुल क्षेत्रलाई संरक्षित विशेष क्षेत्र घोषणा गर्ने […]

वीरगन्जका प्रमुख क्षेत्रमा निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरपालिकाको प्रमुख बजार तथा संवेदनशील क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। धनुषामा भएको मस्जिद तोडफोडको घटनाविरुद्ध भएको प्रदर्शन उग्र बनेपछि सोमबार दिउँसो १ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो। निषेधाज्ञाअनुसार बसपार्कको पूर्वी क्षेत्र, सिर्सिया पुलको पश्चिम क्षेत्र, पावरहाउस चोकको उत्तर तथा शंकराचार्य गेटको दक्षिण क्षेत्रभित्र कुनै पनि किसिमको भेला, […]

प्रधानमन्त्री सुशीला कार्कीसँग अमेरिकी राजदूत थम्पसनको शिष्टाचार भेट

नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्पसनले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दुवै पक्षबिच द्विपक्षीय हित, सहयोग र समसामयिक विषयमा छलफल भएको हो । भेटका क्रममा प्रधानमन्त्री कार्कीले अमेरिकाले नेपाललाई लामो समयदेखि पुर्‍याउँदै आएको विकास सहयोग र समर्थनका लागि धन्यवाद व्यक्त […]

युके पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा दाङ राप्ती गाउँपालिका–१ बस्ने प्युठान, प्युठान नगरपालिका–९ घर भएका ३९ वर्षीय इन्द्रबहादुर केसी, काठमाडौँ स्वयम्भू बस्ने धादिङ थाक्रे गाउँपालिका–५ का ४० वर्षीय आइते तामाङ र काठमाडौँ महानगरपालिका–१५ बस्ने ३४ वर्षीय विजय […]

अन्तरिम सरकारले पुरानै राजनीतिक पार्टीको गलत संस्कारलाई पुनर्जीवित गर्‍याे : अध्यक्ष खनाल

समुन्नत नेपाल पार्टीका अध्यक्ष सर्वेन्द्र खनालले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पुरानै राजनीतिक पार्टीहरूको गलत संस्कारलाई पुनर्जीवित गर्ने प्रयास गरेको आरोप लगाउनुभएको छ । सोमवार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले सरकार स्वयं र राजनीतिक दलहरुले जेन–जी युवा पुस्तालाई विभाजित पार्ने काम गरिरहेको बताउनुभयो । अध्यक्ष खनालले जेनजी विद्रोहले उठाएका […]

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु, साम्प्रदायिक तनाव चर्कियो

मुस्लिम समुदायको प्रदर्शनपछि उत्पन्न तनावलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय पर्साले आज दिउँसो १ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यु) जारी गरेको छ। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी सूचनाअनुसार जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम अर्को आदेश नभएसम्म कुनै पनि प्रकारको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न […]