समुन्नत नेपाल पार्टीका अध्यक्ष सर्वेन्द्र खनालले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पुरानै राजनीतिक पार्टीहरूको गलत संस्कारलाई पुनर्जीवित गर्ने प्रयास गरेको आरोप लगाउनुभएको छ ।
सोमवार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले सरकार स्वयं र राजनीतिक दलहरुले जेन–जी युवा पुस्तालाई विभाजित पार्ने काम गरिरहेको बताउनुभयो । अध्यक्ष खनालले जेनजी विद्रोहले उठाएका मागहरूलाई संस्थागत गर्ने विषयमा सरकार तथा राजनीतिक शक्तिहरुले कुनै चासो नदिएको आरोप पनि लगाउनुभयो ।
उहाँले अगामी निर्वाचनमार्फत नयाँ भनिएका राजनीतिक समूहहरूलाई समेत समेटेर समुन्नत नेपालको यात्रा तय गर्ने आफ्नो प्रयास रहेको पनि बताउनु भयो । उहाँले मुलुकमा बाहिरबाट आयात गरिएका राजनीतिक वादहरू आवश्यक नरहेको स्पष्ट पार्दै पुँजीवाद, साम्यवाद वा संविधानमा उल्लेखित समाजवादउन्मुख अवधारणाको व्यावहारिक कार्यान्वयन नदेखिएको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, अन्तरिम सरकारले पनि पुरानै राजनीतिक पार्टीहरुको गलत संस्कारलाई पुनर्जीवित गर्ने खालको अवस्था र जेन–जी युवा पुस्तालाई पनि कोही तेरो कोही मेरो भन्ने अवस्था सिर्जना गरियो । जेन–जी विद्रोह र त्यसले उठाएका मागहरुलाई संस्थागत गर्न विषयमा त फेरी कुनै चासो छैन ।
त्यसकारण अन्तिम समयसम्म पनि मैले नयाँ भनिएकाहरुलाई पनि सँगै लिएर जाउँ र समुन्न नेपालको यात्रा तय गरौँ भन्ने थियो । कुनैपनि बाहिरका वादहरु पनि यहाँ जरुरत भएन । कसैले पुँजीवादको कुरा गर्न लाग्यो, कसैले साम्यवादको कुरा गर्न लाग्यो । संविधानमै समाजवादउन्मुख भनिएको पनि छ । तर यसका बेन्चमार्क चाँही के त ? तर यी सबै सिद्धान्तहरु कार्यान्वयन भएका छन् त रु हामीले खोजेको त क्वालिटी अफ लाइफ होला नि ।
यी सबै विषयहरु सम्बोधन हुन सकेनन् । त्यसकारण मुलुकमा तिब्र गतिमा विकासका कामहरु अघि बढाएर समुन्नत राष्ट निर्माणका लागि सबैले लाग्नुपर्ने आवश्यकता छ ।’ उहाँले विकासका कामहरू तिब्र गतिमा अघि बढाएर समुन्नत राष्ट्र निर्माणका लागि सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता रहेको जिकिर गर्नुभयो ।