सहमतिमा जेन–जी आन्दोलनको अपनत्व, १० वर्षभित्र नेपाललाई मध्यम आय भएको राष्ट्र बनाउने प्रतिबद्धता र संरचनागत सुधार गर्ने उल्लेख छ।
समायोजनपछि दलको नाम, झण्डा र चुनाव चिह्न घण्टी’ यथावत् रहनेछ। थारु बहुल क्षेत्रलाई संरक्षित विशेष क्षेत्र घोषणा गर्ने प्रक्रिया अघि बढाउने, टीकापुर घटनालाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार्ने र आरक्षण कार्यान्वयनमा जोड दिने सहमति पनि भएको छ।
