जेनजी आन्दोलनको क्रममा नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको स्थान हद उच्चस्तरीय जाँचबुझ आयोगले फुकुवा गरेको छ ।
आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार सोधपुछ प्रक्रिया सकिएकाले विदेश भ्रमण रोक्का र उपत्यका नछाड्ने निर्णयको औचित्य समाप्त भएको हो ।
ओलीले आइतबार राष्ट्रिय मानव अधिकार आयोगमा साढे दुई घण्टा बयान दिएका थिए भने जाँचबुझ आयोगसमक्ष लिखित स्टेटमेन्टसमेत बुझाइसकेका छन् । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले यसअघि मन्त्री, सुरक्षा निकाय प्रमुखलगायतका बयान लिइसकेको छ ।