कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठक साेमबार बस्ने भएकाे छ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठक केन्द्रीय कार्यालय वीपी स्मृति भवनमा सोमबार दिउँसो १ बजे बस्ने बताउनुभएकाे हाे। बैठकमा वर्तमान राजनीतिक अवस्था, पार्टीको आन्तरिक तथा समसामयिक विषयहरूमा छलफल हुने बुझिएको छ।

मुख्य सचिव पौडेलले बैठकमा उपस्थितिका लागि कार्यसम्पादन समितिका सबै पदाधिकारी एवं सदस्यहरूलाई निर्देशानुसार अनुरोध समेत गर्नुभयाे।