पोखरामा रिसाइकलिङ र अपसाइकलिङमार्फत हरित रोजगारी विस्तार

पोखरा, ५ पुस पोखरा महानगरपालिकामा रिसाइकलिङ र अपसाइकलिङमार्फत हरित रोजगारी सिर्जना गर्ने उद्देश्यसहित सञ्चालनमा रहेका फरियोजना अगाडि बढिरहेको छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघीय विकास कार्यत्रम (युनएनडिपी) नेपालको सहयोग तथा पोखरा महानगरपालिकाको सहकार्यमा परियोजना सञ्चालन भइरहेको हो । परियोजनाले ल्यान्डफिलमा जाने फोहरलाई मूल्यवान स्रोतमा रूपान्तरण गर्दै वातावरणीय संरक्षणसँगै रोजगारी सिर्जनालाई जोड […]

कञ्चनपुर कारागारमा तनाव, थप प्रहरी परीचालन

जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव भएको छ । कारागारमा रहेका कैदीबन्दीबीच विवाद भएपछि अहिले तनाव सिर्जना भएको हो । तनाव उत्पन्न भएको भन्ने खबर आएपछि थप प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी खडकबहादुर खत्रीले बताए । उनका अनुसार दुई समूहबीच विवाद भएपछि तनाव उत्पन्न भएको हो । के कारणले विवाद भयो भन्ने यकिन […]

राष्ट्रपति पौडेलद्वारा निर्वाचन सम्बन्धी अध्यादेश जारी (विज्ञप्तिसहित)

 राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी गर्नुभएकाे छ। राष्ट्रपति पौडेलले शुक्रबार सोही अध्यादेश जारी गर्नुभएकाे हाे। राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदकाे सिफारिसमा सोही अध्यादेश जारी गरेकाे राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जारी गरेकाे प्रेस विज्ञप्तिमा भनिएको छ।  

एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी नभएकाे अध्यक्ष ओलीकाे टिप्पणी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला पार्टी नभएको टिप्पणी गर्नुभएको छ। काठमाडाैंमा शुक्रबार ११ औं महाधिवेशनबाट निर्वाचित पार्टी केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले यस्ताे टिप्पणी गर्नुभएको हो । अध्यक्ष ओलीले एमाले लोकतान्त्रिक र साँच्चो कम्युनिष्ट पार्टी भएको जिकिर गर्दै त्यसका हरेक सदस्यहरुले कडा अनशासनमा रहेर काम […]

कांग्रेस अर्घाखाँचीद्वारा प्रत्यक्षतर्फ ८ जनाको नाम सिफारिस

  नेपाली कांग्रेस अर्घाखाँचीले आगामी माघ ११ गते हुने राष्ट्रियसभा तथा फागुन २१ गते हुने प्रतिनिधिसभा (प्रत्यक्ष र समानुपातिक) उम्मेदवारका लागि १७ जनाको नाम सिफारिस गरेको छ । जिल्ला कार्यसमितिको बैठकले प्रत्यक्षतर्फ आठ, समानुपातिकतर्फ ६ तथा राष्ट्रियसभाका लागि तीन जनाको नाम सिफरिस गरेको हो । आकांक्षी धेरै भएपछि केन्द्रीय मापदण्डभन्दा बढी उम्मेदवारको नाम सिफारिस गरिएको […]

रुपन्देहीमा विद्यार्थीको हत्या : नालीमा भेटियो शब

रुपन्देहीमा एक जना विद्यार्थीको हत्या भएको छ। बुद्धदीप बोर्डिङ स्कुलको कक्षा ११ मा अध्ययनरत १७ वर्षीय ईशान पौडेलको हत्या गरिएको हो । कञ्चन गाउँपालिका-३ धौलागिरीचोक घर भएका पौडेलको शब बिहीबार साँझ ६ बजे नालीमा भेटिएको प्रहरीले जानकारी दिएको छ। उनी बुधबार राति ८ बजेदेखि सम्पर्कविहीन भएका थिए। रूपन्देही प्रहरी प्रमुख प्रदीप क्षेत्रीले बुधबार राति ८ […]

टिपरको हाइड्रोलिकले ‘हाइटेन्सन’ लाइन छुँदा करेन्ट लागेर सहचालकको मृत्यु

मोरङमा टिपरबाट माटो झार्ने क्रममा हाइड्रोलिकले बिजुलीको ‘हाइटेन्सन’ लाइनमा छुँदा करेन्ट लागेर सहचालकको मृत्यु भएको छ । प्रहरीका अनुसार ग्राथमान गाउँपालिका–१ सरस्वती स्कुल पछाडि सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरछेउमा घटना भएको हो । को १ ख ५०४९ नम्बरको टिपरबाट मोटो झार्ने क्रममा शुक्रबार बिहान १० बजेतिर घटना भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् […]

च्च अदालत पाटन परिसरमै युवतीले गरिन् आत्महत्या प्रयास

उच्च अदालत पाटन, ललितपुर परिसरमै एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । गएको बिहिबार अदालत परिसरमै आत्महत्या प्रयास गरेकी अन्दाजी ३० वर्षीया युवतीलाई तत्काल उद्धार गरेर उपचारका लागि पाटन अस्पतालमा पठाइएको समाचार स्रोतहरुले जानकारी दिएका छन्। उनले किटनाशक विषादी सेवन गरेकी थिइन् । कोष तथा लेखा नियन्त्रक कार्यालयमा कार्यरत अधिकृत प्रमोद मैनाली प्रतिवादी भएको मुद्दामा […]

भारतमा गएराती रेलले किच्दा बाजुराका युवाको मृत्यु

भारतमा गएराती रेलले किच्दा बाजुराका एक युवाको मृत्यु भएको छ। बाजुराको गौमुल गाउँपालिका-४ डाँडाबाडाका २७ वर्षीय लोकेन्द्र विकको गएराति रेलले किच्दा मृत्यु भएको हो। कामको सिलसिलामा भारत गएका बिकको गएराति रेल वारपार गर्ने क्रममा रेलले किच्दा घटनास्थलमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । बिकको मृत्युको खबरले आफन्त शोकमा डुबेका छन् । विकको असामयिक निधनले गौमुल […]

कास्कीका ग्रामिण क्षेत्रमा बृद्धा महिलाहरुलाई लुटपाट गर्ने पांच जना पक्राउ

कास्की जिल्लाको ग्रामिण क्षेत्रका गाउँहरुमा पुगेर एक्लै हिड्ने बृद्ध महिलाहरुलाई लुटपाट गर्ने गिरोहका पांच जनालाई प्रहरीले पक्राउ गरेको छ। कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. ६ ठुलोकुना र पोखरा महानगरपालिका वडा नं.१९ पुरनचौरमा एक्लै हिडी रहेका दुई जना बृद्ध महिलाहरुलाई लुटपाट गरेको आरोपमा कास्की प्रहरीले पांच जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा कास्कीको मादी गाउँपालिका […]