भारतमा गएराती रेलले किच्दा बाजुराका युवाको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

भारतमा गएराती रेलले किच्दा बाजुराका एक युवाको मृत्यु भएको छ।

बाजुराको गौमुल गाउँपालिका-४ डाँडाबाडाका २७ वर्षीय लोकेन्द्र विकको गएराति रेलले किच्दा मृत्यु भएको हो।

कामको सिलसिलामा भारत गएका बिकको गएराति रेल वारपार गर्ने क्रममा रेलले किच्दा घटनास्थलमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

बिकको मृत्युको खबरले आफन्त शोकमा डुबेका छन् ।

विकको असामयिक निधनले गौमुल उँपालिका-४ डाँडाबाडा गाउँ शोकाकुल बनेको छ ।स्थानीयवासीहरूले उनको निधनप्रति दुःख व्यक्त गर्दै परिवारप्रति समवेदना प्रकट गरेका छन् । मृतकको शव ल्याउने प्रक्रिया तथा अन्य विवरणबारे थप जानकारी आउन बाँकी रहेको छ ।