रुपन्देहीमा एक जना विद्यार्थीको हत्या भएको छ।
बुद्धदीप बोर्डिङ स्कुलको कक्षा ११ मा अध्ययनरत १७ वर्षीय ईशान पौडेलको हत्या गरिएको हो ।
कञ्चन गाउँपालिका-३ धौलागिरीचोक घर भएका पौडेलको शब बिहीबार साँझ ६ बजे नालीमा भेटिएको प्रहरीले जानकारी दिएको छ। उनी बुधबार राति ८ बजेदेखि सम्पर्कविहीन भएका थिए।
रूपन्देही प्रहरी प्रमुख प्रदीप क्षेत्रीले बुधबार राति ८ बजेदेखि सम्पर्कविहीन भएका पौडेलको शव बिहीबार साँझ ६ बजे फेला परेको बताए । उनको टाउकोमा गहिरो चोट देखिएको रूपन्देही प्रहरी प्रमुख प्रदीप क्षेत्रीले जानकारी दिए। ।
पौडेलको शब नालिमा फालिएको अवस्थामा देखे पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। सूचनापछि घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय रुद्रपुरको टोलीले श’वको मुचुल्का उठाई पोस्ट$मार्टमका लागि पठाएको छ ।