नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला पार्टी नभएको टिप्पणी गर्नुभएको छ।
काठमाडाैंमा शुक्रबार ११ औं महाधिवेशनबाट निर्वाचित पार्टी केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले यस्ताे टिप्पणी गर्नुभएको हो । अध्यक्ष ओलीले एमाले लोकतान्त्रिक र साँच्चो कम्युनिष्ट पार्टी भएको जिकिर गर्दै त्यसका हरेक सदस्यहरुले कडा अनशासनमा रहेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले पार्टीको सामुहिक प्रयासबाट निकालिएका नीति विपरित नचल्न पनि पार्टीका नेता तथा कार्यकर्तालाई सचेत गराउनुभएकाे छ।
अध्यक्ष ओलीले पार्टीको बैठकमा मोबाइल चलाउने काम नगर्न पनि नेता तथा कार्यकर्तालाई निर्देश गर्नुभयो।राष्ट्रिय स्वार्थ विपरितका गतिविधि पार्टीका कुनैपनि सदस्यले गरे सह्य नहुने समेत उहाँले चेतावनी दिनुभएकाे छ।