च्च अदालत पाटन परिसरमै युवतीले गरिन् आत्महत्या प्रयास

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

उच्च अदालत पाटन, ललितपुर परिसरमै एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् ।

गएको बिहिबार अदालत परिसरमै आत्महत्या प्रयास गरेकी अन्दाजी ३० वर्षीया युवतीलाई तत्काल उद्धार गरेर उपचारका लागि पाटन अस्पतालमा पठाइएको समाचार स्रोतहरुले जानकारी दिएका छन्। उनले किटनाशक विषादी सेवन गरेकी थिइन् ।

कोष तथा लेखा नियन्त्रक कार्यालयमा कार्यरत अधिकृत प्रमोद मैनाली प्रतिवादी भएको मुद्दामा अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि उनले आत्महत्याको प्रयास गरेको स्रोतले बताएको छ ।

यसअघि काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएपछि ती युवती पाटन पुगेकी थिइन् । पाटनले पनि धरौटीमा छाड्न आदेश दिएपछि उनले आत्महत्या प्रयास गरेकी बताइएको छ ।