देशका विभिन्न स्थानबाट १०९ जना जुवाडे पक्राउ, २४ लाख बरामद

प्रहरीले काठमाडौं, चितवन, कास्की, भक्तपुरलगायत देशका विभिन्न स्थानमा छापा मारी जुवातास खेलिरहेको अवस्थामा १०९ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट २४ लाख रुपैयाँभन्दा बढी नगद र तास तथा कौडा बरामद गरिएको प्रहरीले जनाएको छ। काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेलस्थित नेवा चुली रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा रिसोर्टका संचालक सोही ठाउँ बस्ने ३१ वर्षीय राकेश श्रेष्ठ समेत ९ […]

जेनजी आन्दोलनका घाइतेलाई ४८ लाख रुपैयाँ भैपरी खर्च, मृतकका ५३ परिवारलाई पठाइयो राहत

जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको भैपरी खर्चवापत् सरकारले ४८ लाख ५८ हजार रुपैयाँ निकासा दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रारम्भिक प्रतिवेदनका आधारमा भैपरी खर्चवापत प्रत्येक घाइतेलाई २० हजार रुपैयाँका दरले वितरण गर्न यो रकम पठाइएको हो । पहिलो चरणमा झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, कास्की, सुर्खेत, कैलाली र डडेलधुरामा रकम पठाइसकिएको गृह […]

टिकटकबाट अफवाह फैलाउने २ जना युवक नियन्त्रणमा

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सामाजिक सञ्जाल टिकटकमार्फत अफवाह फैलाएको आरोपमा २ जना युवकलाई नियन्त्रणमा लिएको छ। असोज ३० गते बागमती प्रदेश ०२-०५१ प ६३५४ नम्बरको एनएस मोटरसाइकलमा क्रस फायर मोटरसाइकलको ह्यान्डिल लगाई लापरबाहीपूर्वक चलाइरहेको अवस्थामा ट्राफिक प्रहरीले काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-२ बस्ने २४ वर्षीय सजन श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएको उक्त मोटरसाइकलको ह्यान्डिल परिवर्तन […]

जापानमा पहिलोपटक महिला प्रधानमन्त्री

लिबरल डेमोक्रेटिक पार्टीकी अध्यक्ष सानाई टाकाची जापानको प्रधानमन्त्रीमा निर्वाचित भएकी छिन्। मंगलबार संसद्को तल्लो सदनले उनलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको हो।  टाकाची जापानको पहिलो महिला प्रधानमन्त्री बनेकी हुन्। संसदमा २३७ मत पाउँदै उनी निर्वाचित भएकी हुन्। उनका प्रतिस्पर्धीले १४९ मत मात्र प्राप्त गरे। लिबरल डेमोक्रेटिक पार्टी जापानको सबैभन्दा ठुलो दल हो। जापान इनोभेसन पार्टीसँग गठबन्धन गरेर सो दलले […]

दिलीको वायु प्रदुषण गम्भीर खतरामा

भारतको राजधानी नयाँदिल्लीको वायु प्रदुषण पुनः खतरनाक अवस्थामा पुगेको छ । दिपावलीको आतिशवाजीका कारण दिल्ली लगायतका विभिन्न शहरमा विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले सिफारिस गरेको दैनिक अधिकतम सीमा भन्दा १६ गुणा बढी प्रदुषण पुगेको भारतीय संचारमाध्यमले जनाएका छन् । तीन करोडभन्दा बढी जनसंख्या रहेको दिल्ली तिहारको समयमा हरेक वर्ष झै यस पटक पनि विश्वका सबैभन्दा प्रदूषित […]

प्रधानमन्त्री भएको ३९ दिनमा कार्की–दलबीच चुनावबारे बालुवाटारमा छलफल

प्रधानमन्त्री नियुक्त भएको ३९ दिनमा सुशीला कार्कीले अन्तरिम सरकारले गराउन लागेको मध्यावधि निर्वाचनका सम्बन्धमा राजनीतिक दलहरूसँग बालुवाटारमा छलफल गर्ने भएकी छन्। मंगलबार अपरान्ह ४ बजेका लागि छलफल डाकिएको हो। सरकारले निर्वाचनबारेमा कुनै परामर्श नै नगरेका विभिन्न राजनीतिक दलका नेताले गुनासो गरिरहेका बीच छलफल डाकिएको हो। भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले सोही दिन प्रतिनिधि […]

अधिवक्ता नेपाललाई साईबर ब्यूरोले बोलायो!

अधिवक्ता तथा अभियन्ता भद्रप्रसाद नेपाल (स्वागत)लाई नेपाल प्रहरीको साइबर ब्यूरोले उपस्थित हुन बोलाएको दाबी गरिएको छ। स्वागत आफैंले प्रहरीको मोबाइल नम्बर ९८१२..७७१ बाट ब्यूरोमा उपस्थित हुनका लागि फोन आएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। उनका अनुसार प्रधानमन्त्री सुशीला कार्कीका विषयमा राखिएको धारणाका आधारमा ब्यूरोले बोलाएको हो। यद्यपि ब्यूरोले यस विषयमा आधिकारिक र स्वतन्त्र पुष्टि गरेको […]

सल्यानमा ब्राउनसुगरसहित दुई पक्राउ

जिल्ला प्रहरी कार्यालय सल्यानले नाै ग्राम ६५० मिलिग्रामी ब्राउनसुगरसहित दुईजनालाई नियन्त्रणमा लिएको छ । छत्रेश्वरी गाउँपालिका- ६ का ३६ वर्षीय कृष्णबहादुर वली र शारदा नगरपालिका- २ का २८ वर्षीय संगीत परियारलाई ब्राउनसुगर र दुईवटा मोटरसाइकलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । सोमबार छत्रेश्वरी गाउँपालिका- ६ लान्तीमा सवारीसाधन चेकजाँच गर्ने क्रममा वली र परियारको […]

स्कटल्याण्डमा सुदूरपश्चिमेली विद्यार्थीहरूले मनाएनन् लक्ष्मी पूजा

देशभित्र तथा विदेशमा रहेका नेपाली समुदायहरूले हर्ष–उल्लासका साथ दीपावली पर्व मनाउने परम्परा अनुसार हिजो नेपालमा लक्ष्मी पूजाको दिन मनाइयो। तर बेलायतको स्कटल्याण्डस्थित युनिभर्सिटी अफ द वेस्ट अफ स्कटल्याण्ड मा अध्ययनरत सुदूरपश्चिमेली नेपाली विद्यार्थीहरूले भने यस वर्ष लक्ष्मी पूजा मनाएनन्। समूहका तर्फबाट जानकारी दिँदै विद्यार्थी राजेश भट्टले भने, “यस वर्ष हामीले लक्ष्मी पूजा  मनाएका छैनौँ, किनभने […]

सुनकोशीमा डुबेर सात वर्षीया बालिका बेपत्ता

उदयपुर (गाईघाट)- उदयपुरको त्रियुगा नगरपालिका–१४ स्थित ढुङ्ग्रेका सात वर्षीया बालिका सुनकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएकी छिन् । जिल्ला प्रहरी कार्यालयकाअनुसार स्थानीय अर्जुन तामाङको सात वर्षीया छोरी अनुसा तामाङ डुबेर बेपत्ता भएकी हुन् । त्रिनपा–१४ का वडाध्यक्ष हेमराज मगरका अनुसार आज दिउँसो साथीहरुसँग सुनकोशीमा नुहाउन गएकी अनुसा पौडी खेल्न नदीमा पस्दा बेपत्ता भएकी हुन्। घटनालगत्तै […]