प्रधानमन्त्री नियुक्त भएको ३९ दिनमा सुशीला कार्कीले अन्तरिम सरकारले गराउन लागेको मध्यावधि निर्वाचनका सम्बन्धमा राजनीतिक दलहरूसँग बालुवाटारमा छलफल गर्ने भएकी छन्।
मंगलबार अपरान्ह ४ बजेका लागि छलफल डाकिएको हो। सरकारले निर्वाचनबारेमा कुनै परामर्श नै नगरेका विभिन्न राजनीतिक दलका नेताले गुनासो गरिरहेका बीच छलफल डाकिएको हो।
भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले सोही दिन प्रतिनिधि सभा विघटनको सिफारिससहित चुनावको मिति फागुन २१ लाई तोकेकी थिइन्।
ठ्याक्की ३९ दिनमा उनले दलका प्रतिनिधिसहितसँग संवाद गरी चुनावलाई भयरहित बनाउनेगरी छलफल अगाडि बढाउनेछिन्।