सुनकोशीमा डुबेर सात वर्षीया बालिका बेपत्ता

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

उदयपुर (गाईघाट)- उदयपुरको त्रियुगा नगरपालिका–१४ स्थित ढुङ्ग्रेका सात वर्षीया बालिका सुनकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएकी छिन् ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार स्थानीय अर्जुन तामाङको सात वर्षीया छोरी अनुसा तामाङ डुबेर बेपत्ता भएकी हुन् । त्रिनपा–१४ का वडाध्यक्ष हेमराज मगरका अनुसार आज दिउँसो साथीहरुसँग सुनकोशीमा नुहाउन गएकी अनुसा पौडी खेल्न नदीमा पस्दा बेपत्ता भएकी हुन्।

घटनालगत्तै प्रहरीलाई खबर गरेकामा प्रहरीले खोजी जारी राखेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदारमान दोङले बताए।