अमेरिकी अदालतले भन्यो- ट्रम्पले लगाएका अधिकांश भन्सार दर अवैध

अमेरिकी पुनरावेदन अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशलाई लगाएको भन्सार दर अवैध ठहर गरेको छ। वासिङ्टन डिसीस्थित संघीय सर्किटका लागि पुनरावेदन अदालतले शुक्रबार ट्रम्पले लगाएको अधिकांश भन्सार दर अवैध ठहर गरिदिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। यद्यपि अदालतले ट्रम्प प्रशासनलाई अमेरिकी सर्वोच्च अदालतमा पुनरावेदन गर्ने मौका दिएको छ। त्यसका लागि अक्टोबर १४ सम्मका लागि […]
कार अनियन्त्रित भएर रूखमा ठोक्किँदा डाक्टरको मृत्यु

कार अनियन्त्रित भई रुखमा ठोक्किँदा एक जना डाक्टरको मृत्यु भएको छ। दुर्घटनामा कार चालक डा. विप्लव भट्टको मृत्यु भएको हो। शनिबार बिहान साढे १ बजे भरतपुर महानगरपालिका–१० रमाइलो चोकबाट विशालचोकतर्फ जाँदै गरेको बा१५च ४६९३ नम्बरको कार आफै अनियन्त्रित भई रुखमा ठोक्किएको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार कार रुखमा ठोक्किँदा […]
सुख्खा पहिरोका कारण पृथ्वी राजमार्ग अबरुद्ध

पृथ्वी राजमार्ग सुक्खा पहिरो खसेका कारण अबरुद्ध भएको छ । राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-१० बाँदरेमोडस्थित सडक अवरुद्ध भएको हो । अहिले पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको छ । अस्थायी प्रहरी पोष्ट जवाङखोला, प्रहरी चौकी जोगिमा र इलाका प्रहरी कार्यालय गजुरीको टोली पहिरो पन्छाउन खटिएको छ ।
पोखरामा मेयर आचार्यको नेतृत्वमा ‘मेगा वृक्षारोपण अभियान’: २ लाख २६ हजार बिरुवा रोप्ने लक्ष्य

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले स्वच्छ, सफा र हरियाली पोखरा निर्माण गर्ने महाअभियान स्वरूप ‘मेगा वृक्षारोपण अभियान’ सञ्चालन गरिरहेका छन्। यस महत्वाकांक्षी अभियानअन्तर्गत विभिन्न ३८ प्रजातिका कुल २ लाख २६ हजार बिरुवाहरू महानगरपालिकाका विभिन्न क्षेत्रहरूमा रोपिनेछ। मेयर आचार्यको यो पहलले पोखराको वातावरणमा सकारात्मक प्रभाव पार्ने र शहरलाई अझै सफा तथा हरियाली शहरको रूपमा परिचित गराउन […]
बागमती सरकारले एक महिनाभित्र सवारीचालक अनुमतिपत्र वितरण गर्ने

यातायात व्यवस्थापनलाई आधुनिक, पारदर्शी र डिजिटल बनाउन इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स सिस्टम (इडिएलएस) र भेहिकल रजिस्ट्रेसन सिस्टम (भिआरएस) सञ्चालनमा ल्याएको बागमती प्रदेश सरकारले अब एक महिनाभित्र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छापेर वितरण गर्ने भएको छ। यस प्रणालीमार्फत नागरिकले अनलाइनमार्फत आवेदन दिन, परीक्षण नतिजा हेर्न, नवीकरणका लागि निवेदन गर्न तथा प्रिन्टिङ प्रक्रियासम्म सहज पहुँच पाउने व्यवस्था गरिएको छ। […]
प्रधानमन्त्री ओली चीन प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान गरेका छन्। सांघाई कोअपरेसन अर्गनाइजेसनको शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली बिहान ७ बजे त्यसतर्फ प्रस्थान गरेका हुन्। उनलाई बिदाइ गर्न उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा विमानस्थल पुगेका थिए। प्रधानमन्त्री ओलीलाई विमानस्थलमा नेपाली सेनाको टुकडीले गार्ड अफ अनर प्रदान गरेको […]
आज कहाँ–कहाँ छ वर्षाको सम्भावना ?

हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको तराई र पहाडी भूभागका केही […]
ब्याची एआइजी खापुङ आइजीपी नियुक्त भएकै दिन अर्का एआइजी शर्माको बिदाइ

वि.सं. २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षक पदमा संगै नियुक्त भएका अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङलाई सरकारले प्रहरी महानिरीक्षकमा नियुक्त गरेकै दिन ब्याची अर्का एआईजी कृष्णहरि शर्मा पोखरेललाई भने नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयबाट बिदाइ भएका छन्। नवनियुक्त आइजीपी चन्द्रकुवेर खापुङको आउने भदौ १९ गतेदेखि सेवा अवधिकाकारण कार्तिक २७ गतेसम्म आफ्नो कार्यकाल रहनेछ , वर्तमान […]