वडा ८ मा मादल तालिम सुरु, वडाध्यक्ष बरालले आत्मनिर्भरता र संस्कृतिको जगेर्नामा जोड

पोखरा, — पोखरा महानगरपालिका वडा नं ८ का वडाध्यक्ष रुद्रनाथ बरालले वडावासीलाई आत्मनिर्भर र व्यावसायिक बनाउने उद्देश्यसहित विभिन्न सीपमूलक तालिम सञ्चालन भइरहेको बताएका छन्। वडा कार्यालयद्वारा आयोजित १५ दिने मादल बजाउने तालिमको उद्घाटन समारोहमा बोल्दै वडाध्यक्ष बरालले तालिमले नागरिकलाई सीपमूलक र व्यावसायिक बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे। “हाम्रो ध्यान वडावासीलाई आत्मनिर्भर बनाउनेतर्फ केन्द्रित छ,” […]
नेपाल चेम्बर र जिम्बावेबीच व्यापार सहजीकरण र लगानी अभिवृद्धिबारे छलफल

नेपाल चेम्बर अफ कमर्स र जिम्बावेबीच व्यापार सहजीकरण एवं लगानी अभिवृद्धिबारे मंगलबार छलफल भएको छ । काठमाडौं जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवाल र नेपालका लागि जिम्बावेका राजदूत स्टेला न्होकोमोबीच व्यापार साझेदारी, लगानी अवसर, जलवायु परिवर्तन विरुद्धको कदम लगायत विषयमा सहकार्य गर्नेबारे छलफल भएको हो । राजदूत न्होकोमोसँग चेम्बर अध्यक्ष अग्रवालले भने, […]
सङ्घ सरकारको पत्र गण्डकी पुग्यो, मुख्यमन्त्री पाण्डेले सुरु गरे छलफल

गण्डकी प्रदेश सरकारले जारी गरेको ‘राइड सेयरिङ’ नियमावली रोक्न भन्दै केन्द्र सरकारले पत्र पठाएकाे छ । केन्द्र सरकारकाे पत्रपछि गण्डकी प्रदेश सरकार आगामी कदमबारे छलफलमा जुटेको छ । मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नियमावली रोक्न भन्दै पत्र पठाएपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले छलफल थालेका हुन् । अहिले मुख्यमन्त्री तथा सम्बन्धित मन्त्री र सचिवहरू पत्रको बारेमा छलफल […]
अरुको भाषणले वाक्क प्रचण्ड, आफू भने बोलेको बोल्यै

नेकपा माओवादी केन्द्रले आजबाट काठमाडौं उपत्यका केन्द्रित नेवा र ताम्सालिङ जागरण अभियान सुरु गरेको छ । उक्त अभियानको उद्घाटनका लागि पुगेका थिए, पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । कार्यक्रममा पुगेका अध्यक्ष प्रचण्डले यो पटकको सम्बोधन फरक तरिकाबाट सुरु गरे । उनले कार्यक्रममा धेरै भाषण भएको भन्दै ‘यसरी अभियान नचल्ने’ बताए । प्रचण्डले यस्तो बताइरहँदा कार्यक्रम […]
असाममा १२ सयभन्दा बढी गाउँ डुबानमा, ३२ हजार मानिसका घरहरू डुबे

असाममा बाढीको अवस्था झन् झन् खराब हुँदै गइरहेको छ । असाम राज्य विपद् व्यवस्थापन प्राधिकरणका अनुसार हाल राज्यका २२ जिल्लाका १ हजार २५४ गाउँ बाढीको पानीमा डुबेका छन् । बाढीका कारण सबैभन्दा बढी क्षति श्रीभूमि, कछार, हैलाकाण्डी, लखीमपुर र नागांव जिल्लामा भएको छ । विपद् विभागका एक अधिकारीले पछिल्लो २४ घण्टामा बाढीमा डुबेर थप दुई […]
गृहमन्त्रीलाई संसदमा बोल्न दिन विपक्षीको सर्त

विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकलाई संसदमा बोल्न दिन सर्त अघि सारेका छन्। उच्चस्तरीय न्यायिक समिति वा संसदीय छानबिन समिति गठन भएमा उनलाई संसदमा बोल्न दिन सकिने विपक्षी दलको भनाइ छ । मंगलबार संसद भवन, नयाँ बानेश्वरमा बसेको विपक्षी दलहरूको बैठकले अघिल्लो कडा अडानबाट केही लचिलो हुँदै आफूहरूले उठाएको माग सम्बोधन गर्न सत्ता पक्ष तयार भए […]
बागमती : चिठ्ठा विधेयक प्रदेश मामिला समितिमा पठाइयो

बागमती प्रदेशसभाको आज मंगलबार बसेको बैठकले ‘प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’लाई दफावार छलफलका लागि समितिमा पठाएको छ । विधेयकलाई दफावार छलफलका लागि प्रदेश मामिला समितिमा पठाउन आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले प्रस्ताव पेश गरेका थिए । सभामुख भुवन पाठकले विधेयकलाई समितिमा पठाउने प्रस्तावलाई निणायार्थ पेश गरेका थिए । […]
कागजमै सकिन्छ, पोर्चुगलको कमाइ

२० जेठ, पोर्चुगल । नुवाकोटका बैकुण्ठ अधिकारी पोर्चुगल प्रवेश गरेको ५ वर्ष भयो । यहाँको कानुनअनुसार अब उनले नागरिकता लिनका लागि प्रक्रिया सुरु गर्न सक्छन् । यही जुन महिनामा नागरिकताका लागि आवेदन पेस गर्न उनी आवश्यक कागजात जुटाइरहेका छन् । एक महिनाअघि नेपाल पुगेका उनी आफ्नो वडा कार्यालयबाट जन्मदर्ता, पालिका बनेपछिको नयाँ ठेगानाको प्रमाणित कागज, […]
प्रधानमन्त्री ओली म्याग्दीकाे नारच्याङमा, के छ कार्यक्रम ?

प्रधानमन्त्री केपी शर्मा ओली आज म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ आएका छन् । अन्नपूर्ण हिमाल आरोहण भएको ७५औँ वार्षिकोत्सवका अवसरमा अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी यहाँ आएका हुन् । सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस हर्जोगले पहिलोपटक आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गरेको ७५ वर्ष पूरा भएको अवसरमा आज […]
पोखरामा वृक्षारोपणको ठूलो अभियान सुरु, ‘क्लिन सिटी, ग्रीन सिटी’ कार्यक्रम नगर प्रमुख आचार्यको अगुवाइमा

पोखरा, विश्व वातावरण दिवसको अवसर पारेर पोखरा महानगरपालिकाले “क्लिन सिटी, ग्रीन सिटी” कार्यक्रम अन्तर्गत २ लाख २६ हजार बिरुवा रोप्ने वृहत अभियान सुरु गर्ने भएको छ। सो अभियानको औपचारिक शुभारम्भ भोलि जेठ २१ गते बिहान ७:३५ बजे पोखरा २५ स्थित साझा चोकमा नगर प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यमा हुने बताइएको छ। कार्यक्रमअन्तर्गत याम्दीदेखि फेदीसम्मको १२ […]