असाममा बाढीको अवस्था झन् झन् खराब हुँदै गइरहेको छ । असाम राज्य विपद् व्यवस्थापन प्राधिकरणका अनुसार हाल राज्यका २२ जिल्लाका १ हजार २५४ गाउँ बाढीको पानीमा डुबेका छन् ।
बाढीका कारण सबैभन्दा बढी क्षति श्रीभूमि, कछार, हैलाकाण्डी, लखीमपुर र नागांव जिल्लामा भएको छ । विपद् विभागका एक अधिकारीले पछिल्लो २४ घण्टामा बाढीमा डुबेर थप दुई जनाको मृत्यु भएको बताए । पछिल्लो चार दिनमा राज्यमा बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
राज्यमा बाढीको अवस्था बिग्रँदै गएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार मुख्यमन्त्री हिमन्त विश्व शर्मासँग फोनमा कुरा गरेर स्थितिको जानकारी लिएका थिए । मोदीले केन्द्रीय सरकारको तर्फबाट राज्यलाई पूर्ण सहयोग गर्ने आश्वासन दिएका छन् ।यस समयमा राज्यमा दुई लाखभन्दा बढी मानिस प्रभावित भएका अनि लगभग ३२ हजार मानिसका घरहरू डुबेका जुन २ मा अबेर साँझ विपद् विभागले हालको बाढीको अवस्थाबारे जारी गरेको प्रतिवेदनमा भनिएको छ । प्रशासनले यी मानिसका लागि विभिन्न स्थानमा ३२२ राहत शिविरहरू स्थापना गरेको छ ।ब्रह्मपुत्र र यसका सहायक नदीहरूको पानी जोरहाटको निमातीघाटसहित तेजपुर, गोलाघाटमा खतराको चिह्नभन्दा माथि बगिरहेको छ । धेरै ठाउँमा नदीको तटबन्ध भाँचिएका कारण दर्जनौं गाउँ सम्पर्कविहीन भएका छन् ।
गोलाघाट जिल्लाको भीमपारा गाउँका अरुणले बीबीसीलाई भने, ‘हाम्रो गाउँ विगत तीन दिनदेखि बाढीको पानीमा डुबेको छ, तर अहिलेसम्म हामीलाई मद्दत गर्न कोही पनि आएका छैनन् । हामी हाल हाम्रा साना बच्चाहरूसँग घरको अग्लो ठाउँमा बसिरहेका छौं, तर यदि पानी धेरै बढ्यो भने, हामी यहाँबाट भाग्नुपर्नेछ ।’
विगत पाँच दिनदेखिको निरन्तर वर्षाका कारण भारतका धेरै उत्तर–पूर्वी राज्यहरूमा बाढी र पहिरोका धेरै घटनाहरू रिपोर्ट गरिएका छन् ।