सङ्घ सरकारको पत्र गण्डकी पुग्यो, मुख्यमन्त्री पाण्डेले सुरु गरे छलफल

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

गण्डकी प्रदेश सरकारले जारी गरेको ‘राइड सेयरिङ’ नियमावली रोक्न भन्दै केन्द्र सरकारले पत्र पठाएकाे छ । केन्द्र सरकारकाे पत्रपछि गण्डकी प्रदेश सरकार आगामी कदमबारे छलफलमा जुटेको छ ।

मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नियमावली रोक्न भन्दै पत्र पठाएपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले छलफल थालेका हुन् ।

अहिले मुख्यमन्त्री तथा सम्बन्धित मन्त्री र सचिवहरू पत्रको बारेमा छलफल गरिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी प्रवीण ढकालले जानकारी दिए ।‘पत्र प्राप्त भएको छ, अहिले यसबारे के गर्ने भन्नेमा मुख्यमन्त्रीज्यू छलफलमा हुनुहुन्छ, अहिलेसम्म केही निर्णय भइसकेको छैन,’ ढकालले भने ।