राष्ट्रपतिले गरे मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

पाेखरा,राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गरेका छन्। आइतबार अपराह्न ललितपुरको जावलाखेलमा आयाेजित भाेटाेजात्रामा सरिक भएर उनले जात्रा अवलोकन गरेका हुन्। गुठी संस्थान ललितपुरका कर्मचारीले साे भाेटाे देखाएका थिए। मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्याइएको चौथो दिन भोटो देखाउने परम्परा छ। सो अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथसँगै जीवित देवी कुमारीको दर्शन […]
शेख हसिनाविरूद्ध पक्राउ पूर्जी जारी

पाेखरा ,बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण अदालत (आईसीटी) ले आइतबार हसिनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । उनीविरुद्धको अभियोजनमाथि सुनवाइ सुरू भएको छ । उनीमाथि गत १५ जुलाईदेखि एक महिना चलेको विद्यार्थी आन्दोलनको क्रममा गोली हान्न आदेश दिएर थुप्रैको ज्यान लिएको आरोप छ ।
दोश्रो राष्ट्रिय डुंगा दौड प्रतियोगितामा पुरुषतर्फ फेवा हर्पन सहकारी र महिलातर्फ ताल पारी समुह प्रथम

पोखरा जेष्ठ १८/ नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको आयोजना तथा फेवा डुंगा व्यवसायी संगठनको व्यवस्थापनमा पोखराको फेवातालमा आइतबार सम्पन्न दोश्रो राष्ट्रिय खुल्ला डुंगा दौड प्रतियोगितामा पुरुषतर्फ हर्पन सहकारी संस्थाको ‘बी’ टोली तथा महिलातर्फ ताल पारी ‘बी’ प्रथम भएका छन् । पुरुषतर्फ बाराही डुंगा घाटले दोश्रो, स्विमिङपुल घाटले तेश्रो तथा फिष्टेल घाटले सान्त्वना स्थान हाँसिल गरे […]
भोलिदेखि देशभरका सार्वजनिक यातायात अनिश्चितकालीन बन्दको घोषणा

पोखरा जेठ १८/ यातायात व्यवसायीले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने निर्णय भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले जनाएको छ ।
फेवाताल सिमाङ्कनले लियो गति: प्रारम्भिक चरणमा १५ पिल्लर, पाँच दशकको अन्योल अन्त्यतिर

पोखरा,पाँच दशकभन्दा लामो समयदेखि चलिरहेको फेवातालको सीमाना सम्बन्धी अन्योल अन्त्यतर्फ उन्मुख देखिन थालेको छ। सर्वोच्च अदालतको आदेशअनुसार सुरु भएको वैज्ञानिक सिमाङ्कन अभियानले पोखराको पर्यावरण, प्राकृतिक सम्पदा र कानुनी व्यवस्थापनको दिशामा निर्णायक मोड लिएको संकेत दिएको छ। नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापाका अनुसार अभियानको पहिलो दिन सातवटा र दोस्रो दिन आठवटा गरी हालसम्म १५ वटा सीमा […]
भुवन, चैत्यदेवी र वसुन्धरालाई ‘त्रिदेवी सम्मान’ दिइने

चलचित्र क्षेत्रमा त्रिदेवीको रूपमा चर्चित अभिनेत्रीहरू भुवन चन्द, चैत्यदेवी र वसुन्धरा भुसाल एकसाथ सम्मानित हुने भएका छन् । सोमबार बाँडिन लागिएको ‘साधना म्युजिक रिवार्ड –२०८१’ मा यी तीन कलाकार एकसाथ ‘त्रिदेवी सम्मान’ दिइन लागिएको हो । नेपालकै पहिलो रिवार्डको रूपमा स्थापित ‘साधना म्युजिक रिवार्ड –२०८१’ पाँचौँ संस्करण हो । जसमा ५ दशकदेखि अनवरत रूपमा सक्रिय […]
कमल थापा पक्राउ पछि राजेन्द्र लिङ्देनले भने– रिहा नगरे आन्दोलन थप सशक्त बनाउँछौँ

आइतबार नारायणचौरमा भएको राजावादी प्रदर्शन बालुवाटारतर्फ अघि बढ्न खोजेपछि प्रहरीले राप्रपा नेपालका अध्यक्ष थापासहितका नेताहरूलाई पक्राउ गरेको हो । उनी पक्राउ परेपछि राजावादीहरूले तत्काल थापालाई रिहा गर्न माग गरेका छन् ।प्रदर्शनस्थलमै बोल्दै राप्रपाका अध्यक्ष लिङ्देनले थापालाई तत्काल रिहा नगरिए आन्दोलन सोमबारदेखि थप सशक्त बनाइने चेतावनी दिए । उनले सरकारले धरपकडको नीति लिएको भन्दै आक्रोश समेत […]
गण्डकीमा सार्वजनिक यातायात बन्द, राइड सेयरिङ विवादले यात्रु संकटमा

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ सम्बन्धि नियमावली पारित गरेसँगै यातायात क्षेत्र तनावग्रस्त छ । सार्वजनिक यातायात व्यवसायीहरुले सरकारको नियमावलीको विरोधमा गाडी थन्क्याएर विरोधमा उत्रेका छन् । जसका कारण यात्रुहरूलाई सास्ती थपिएको छ । शनिबार प्रहरीले स्कर्टिङ गरेर पोखराका यात्रु काठमाडौँ पुर्यायो । गत चैत ३१ गतेको मन्त्रिपरिषद् बैठकले नियमावली पारित गरेको छ । व्यवसायीले नियमावली […]
गजामा युद्धविराम गर्ने अमेरिकी प्रस्तावमा हमासले राख्यो चारवटा शर्त

गजामा युद्धविराम गर्ने प्रस्तावमा सहमतिका लागि हमासले विभिन्न शर्त राखेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत स्टिभ विटकोफले गजामा ६० दिनको अस्थायी युद्धविराम गरी २८ बन्धक छाड्ने प्रस्ताव स्वीकार गर्नका लागि हमासले विभिन्न शर्त राखेको हो। ६० दिनको अस्थायी युद्धविराको प्रस्ताव इसराइलले स्वीकार गरिसकेको छ। जसमा इसराइली जेलमा रहेका १ हजार २ सय प्यालेस्टिनी बन्दीहरूलाई […]
देशमा पश्चिमी, स्थानीय र मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रही कोशी, कर्णाली प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ। आज दिउसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा […]