भुवन, चैत्यदेवी र वसुन्धरालाई ‘त्रिदेवी सम्मान’ दिइने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चलचित्र क्षेत्रमा त्रिदेवीको रूपमा चर्चित अभिनेत्रीहरू भुवन चन्द, चैत्यदेवी र वसुन्धरा भुसाल एकसाथ सम्मानित हुने भएका छन् । सोमबार बाँडिन लागिएको ‘साधना म्युजिक रिवार्ड –२०८१’ मा यी तीन कलाकार एकसाथ ‘त्रिदेवी सम्मान’ दिइन लागिएको हो ।

नेपालकै पहिलो रिवार्डको रूपमा स्थापित ‘साधना म्युजिक रिवार्ड –२०८१’ पाँचौँ संस्करण हो । जसमा ५ दशकदेखि अनवरत रूपमा सक्रिय गायिका एवं गीतकार गायिका तथा गीतकार चन्द्रकला शाहलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान समेत गरिने भएको छ ।

नेपाली गीत सङ्गीतका विभिन्न विधा समेटेर आयोजना गरिँदै आएको रिवार्डमा यस वर्षको रिवार्डमा लोक दोहोरीतर्फ लोकगीत, शब्द, लय, गायक, गायिका पुरुष मोडल अभिनय र नृत्य, महिला मोडल अभिनय र नृत्य, आधुनिक पपतर्फ शब्द, सङ्गीत, गायक, गायिका, मोडलमा पुरुष र महिला साथै अन्य विधामा भिडियो निर्देशक, छायाकार, दृश्य सम्पादक, एरेन्जरका साथै राष्ट्रिय गीतमा पनि अवार्ड प्रदान गरिँदैछ ।रिवार्ड काठमाडौँको चलचित्र विकास बोर्डमा आयोजना गरिने आयोजक सामना शाहले बताइन् ।