कमल थापा पक्राउ पछि राजेन्द्र लिङ्देनले भने– रिहा नगरे आन्दोलन थप सशक्त बनाउँछौँ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

आइतबार नारायणचौरमा भएको राजावादी प्रदर्शन बालुवाटारतर्फ अघि बढ्न खोजेपछि प्रहरीले राप्रपा नेपालका अध्यक्ष थापासहितका नेताहरूलाई पक्राउ गरेको हो ।

उनी पक्राउ परेपछि राजावादीहरूले तत्काल थापालाई रिहा गर्न माग गरेका छन् ।प्रदर्शनस्थलमै बोल्दै राप्रपाका अध्यक्ष लिङ्देनले थापालाई तत्काल रिहा नगरिए आन्दोलन सोमबारदेखि थप सशक्त बनाइने चेतावनी दिए । उनले सरकारले धरपकडको नीति लिएको भन्दै आक्रोश समेत पोखे । अहिले नक्सालस्थित प्रहरी हेडक्वार्र्टर अगाडिको सडकमै राजावादीले प्रदर्शन गरिरहेका छन् । बिहीबारदेखि सुरु भएको वर्तमान व्यवस्था विरोधी प्रदर्शनको कार्यक्रम अनुसार आज नक्सालमा तय भएको राप्रपाका नेता जनकराज पाठकले बताए ।