मन्त्रीको घुस प्रकरणबारे सरकार तथ्यका आधारमा अघि बढ्छ : सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गल्ती गर्नेलाई आँखा चिम्लिनु पर्छ भन्ने मनस्थितिमा सरकार नरहेको बताएका छन् । आज (बुधबार) सिंहदरबारमा सञ्चारकर्मीको प्रश्नमा उनले यस्तो बताएका हुन्। निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणबारे प्रश्नको जवाफ दिने क्रममा उनले मन्त्रीले नैतिकताका आधारमा राजीनामा दिइसकेको बताए । नयाँ मन्त्री पनि आइसकेको उनले उल्लेख […]
देशभर मनसुनी वायुको प्रभाव, यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। बागमती प्रदेशको केही स्थानहरूमा साथै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको […]
अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनारको मूल्य घट्यो, हेर्नुहोस् सूची

नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनरसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। हिजो यी सबैजसो विदेशी मुद्राको मूल्य बढेको थियो। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ र बिक्रीदर १३७ रुपैयाँ ६० […]
पेट्रोलमा र डिजेल/मट्टितेलमा मूल्य घट्यो

नेपाल आयल निगमका अनुसार आजै राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको हो। जस अनुसार पेट्रोलको मूल्य ५ रुपैयाँ, डिजेल र मट्टितेलको १ रुपैयाँ घटेको छ ।
गुगलको ठूलो योजना : एन्ड्रोइड र क्रोम ओएस गाभेर एकल अपरेटिङ सिस्टम ल्याउँदै

अमेरिकी प्रविधि कम्पनी गुगलले एन्ड्रोइड र क्रोम ओएसलाई गाभेर एक शक्तिशाली एकल अपरेटिङ सिस्टम (ओएस) ल्याउने तयारी थालेको छ । टेक राडारलाई दिएको पछिल्लो अन्तरवार्तामा एन्ड्रोइड इकोसिस्टमका अध्यक्ष समीर सामतले दुबै प्लेटफर्मलाई समेटेर एउटै प्लेटफर्म तयार पार्ने दिशामा काम भइरहेको खुलासा गरेका छन् । सामतका अनुसार, नयाँ ओएस तयार भएपछि प्रयोगकर्ताले मोबाइल, ट्याब्लेट र क्रोमबुक […]
सुटिङको क्रममा स्टन्टम्यानको मृत्युको प्रकरणमा मुद्दा दर्ता

हालै मात्रै तमिल अभिनेता आर्य अभिनीत फिल्मको सुटिङको क्रममा प्रख्यात स्टन्टम्यान एसएम राजुको मृत्यु भयो । यस घटनामा प्रहरीले एक्सन लिएको छ । फिल्ममा कार पल्टिएको दृश्य छायाङ्कनको क्रममा राजुको मृत्यु भएको थियो । मिडिया रिपोर्टहरूका अनुसार अब यस घटनामा फिल्म निर्देशक पा. रञ्जित र अन्य तीन जनाविरुद्ध गम्भीर धाराहरूलाई टेकेर मुद्दा दर्ता गरिएको छ […]
अनलाइन जुवा खेलाएको आरोपमा ५ जना पक्राउ

काभ्रेपलाञ्चोकमा अनलाइन जुवा खेलाएको आरोपमा ५ जना पक्राउ परेका छन्। भक्तपुर नगरपालिका-८ का ३२ वर्षीय दिगज नकर्मी, सोही नगरपालिका-४ बस्ने २८ वर्षीय संजिब कुशी, रोशन प्रजापति, सूर्यविनायक नगरपालिका-७ कटुन्जे बस्ने २९ वर्षीय एलिस कुश्म, काठमाडौं महानगरपालिका-१६ का रोजन महर्जन पक्राउ परेका हुन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको टोलीले काभ्रे मण्डनदेउपुर नगरपालिका-७ नगरकोटको एक होटलबाट सोमबार दिउँसो पक्राउ गरेको हो। […]
अमेरिकामा कार दुर्घटनामा परेर दुई नेपालीको मृत्यु, रूखमा बज्रेर कारमा लागेको थियो आगो

अमेरिकाको लुइसियानामा कार दुर्घटना हुँदा दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको छ। आइतबार राति ९ बजेतिर संयुक्त राज्य अमेरिकाको राजमार्ग ८० मा कार दुर्घटना हुँदा दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको लुइसियाना स्टेट पुलिसले जनाएको छ। ज्यान गुमाउनेमा २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओली छन्। उनीहरू दुबै जना लुइसियाना टेक युनिभर्सिटीमा अध्ययनरत […]
चाँदीको मूल्य घट्यो, सुनको मूल्य कति?

मंगलबार सुनको मूल्य स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला एक लाख ९३ हजार तीन सय रूपैयाँमा कारोबार भएको छ। सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो। त्यस्तै, मंगलबार चाँदीको मूल्य भने प्रतितोला ४० रूपैयाँले घटेको छ। सोमबार प्रतितोला २३ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार २२ सय ७५ रूपैयाँमा कारोबार […]
विद्युत लाइसेन्स कब्जा रोक्न जनार्दन शर्माको आग्रह

पूर्वऊर्जामन्त्री जनार्दन शर्माले विद्युत उत्पादनको लाइसेन्स कब्जा गर्ने प्रवृत्ति रोक्न सरकारलाई आग्रह गरेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानको साधारणसभामा उनले लाइसेन्स लिएर वर्षौंसम्म काम नगर्ने र खोलाहरू बेच्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए। ‘लाइसेन्सको हिसाब खोज्नुपर्छ। खोला बेच्ने कुरा मान्य हुँदैन। २० वर्षसम्म लाइसेन्स कब्जा गर्न पाइँदैन। उत्पादन गर्नेलाई लाइसेन्स दिनुपर्छ,’ शर्माले भने। उनले नेपालको […]