एक वर्षमा ४० लाख भन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फिर्ता

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

एक वर्षमा ४० लाख भन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फिर्ता करिब एक वर्षको समय अवधिमा ४० लाख भन्दा बढी अफगान शरणार्थीहरू आफ्नो मातृ भूमि अफगानिस्तानमा फर्केको शरणार्थी र स्वदेश फिर्ती मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीले बताएका छन् ।

चालु वर्षको सुरु देखि अफगानिस्तानमा ४० लाख ७६ हजार ८०८ जना अफगान शरणार्थीहरू फर्केको जनाइएको छ । फर्किनेहरुमा स्वेच्छाले फर्केका र निर्वासितहरू समेत समावेश रहेको अफगानिस्तानका रेडियो टेलिभिजन लगायतका मिडियाले हक्कानीलाई उद्धृत गर्दै जनाएका छन् ।

स्वदेश फर्केर, अस्थायी रूपमा शिविरमा बसेकाहरु सबैलाई अत्यावश्यक सहायता प्राप्त गरे पछि आ–आफ्नो गृह प्रान्तमा सारिएको आधिकारिक मिडियाहरुले जनाएका छन् ।

सन् २०२१ अगस्टमा अफगान सरकारले सत्ता सम्हाले पछि ८० लाख भन्दा बढी अफगान शरणार्थीहरू स्वेच्छाले छिमेकी राज्य र अन्य देशहरूबाट स्वदेश फर्केको जनाइएको छ