चुनौती र संशयबीच समयमै निर्वाचन हुने वातावरण बन्यो : अर्थमन्त्री खनाल

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

 अर्थमन्त्री रामेश्वर खनालले थुप्रै चुनौती र संशयकाबीच तोकिएको समयमा निर्वाचन हुने वातावरण निर्माण भएको बताएका छन् ।

पर्यटन बोर्ड र परिसूचक मिडियाले शुक्रबार ललितपुरमा आयोजना गरेको नेपाल पर्यटन गोष्ठीमा अर्थमन्त्री खनालले जेनजी आन्दोलनपछि बनेको सरकारलाई निर्वाचन सम्पन्न गराउनेदेखि अन्य धेरै चुनौती रहेपनि संयमतापूर्वक सबैको विचारलाई सुन्दै सरकारले तोकिएको समयमा निर्वाचन हुने वातावरण निर्माण गरेको बताएका हुन् ।

सरकारले सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गर्नुपर्दा अन्य बिभिन्न क्षेत्रमा प्रयाप्त ध्यान दिन नसकेको उनले बताए ।

उनले पर्यटन क्षेत्रलाई उद्योगले पाएको सरोकारको सुविधा दिइने विषय बजेटमा उल्लेख गरेपनि अहिलेसम्म सम्पन्न गर्न नसकिएको उल्लेख गरे ।

वर्तमान सरकारलाई सुम्पिएको जिम्मामा भ्रष्टाचार न्यूनीकरण गर्ने र सुशासन कायम गर्ने रहेको भन्दै उनले यसबीचमा कतिपय सुधारका कामहरु भएको धारणा राखे ।

उनले वर्तमान सरकारले सुरु गरेका सुधारका कामहरूलाई अब बन्ने सरकारले अपनत्व लिन सक्ने गरी कार्यविधि र नियममा परिवर्तन गरिएको जानकारी दिए ।