सिन्धुलीको मधुगंगा मन्दिर परिसरमा हत्या भएका व्यक्तिको पहिचान खुल्यो

 सिन्धुलीको दुधौली नगरपालिका–२ को मधुगंगा महादेव मन्दिरमा हत्या भएका व्यक्तिको पहिचान भएको छ । मधुगंगा महादेव मन्दिर दर्शनका लागि आएका भारतको सितामडी भवदेपुर–११ का पंकज कुमार भगत रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । मृतकका दाजु रंजित भगतले सिन्धुली अस्पतालमा पुगेर सनाखत गरेको जिल्ला प्रहरी प्रमुख लालध्वज सुवेदीले अनलाइनखबरलाई जानकारी दिए । मधुगंगा महादेव […]

रौतहटमा निजी कारबाट १३३ किलो गाँजा बरामद

रौतहटको गरुडामा प्रहरीले निजी कारबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ । गरुडा नगरपालिका-५ मा रहेको झाँझ खोला नजिकै ग३च ६७९६ नम्बरको कारबाट प्रहरी १३ पोकामा रहेको १३३ किलो गाँजा बरामद गरेको हो । चन्द्रनिगाहपुरबाट गौरतर्फ आउँदै गरेको कारलाई इलाका प्रहरी कार्यालय गरुडाको टोलीले चेकजाँच गर्न खोज्दा कार नरोकेर फरार भएको थियो । प्रहरीले […]

बढ्यो अमेरिकी डलरको मूल्य, कति छ अरू मुद्राको विनिमय दर?

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलको मूल्य बढेको छ। जसअनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ। सोमबार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३८ रुपैयाँ १४ पैसा निर्धारण […]

अब विद्युत् खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्य : ऊर्जामन्त्री

 ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले अब देशमा उत्पादन भएको विद्युत् खेर जाने अवस्था नरहने विश्वास व्यक्त गरेका छन् । पश्चिम सेती कोरिडोरमा जलविद्युत् विकास र ४०० के.भी. प्रसारण लाइन निर्माणका लागि सोमबार सम्पन्न बहुपक्षीय समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री खड्काले ट्रान्समिसन लाइनको अभाव अब दूर हुने र यो सहकार्यले ऊर्जा विकास मार्गचित्रअनुसारको लक्ष्य […]

कांग्रेस प्रदेश समितिद्वारा नेता कृष्ण केसी लगायतको कारबाही बिनासर्त फुकुवा गर्न माग, ‘निर्णय नसच्याए ठूलो क्षति हुन्छ’

पोखरा, ५ साउन । स्वाभिमानि इमान्दार, कर्तव्यनिष्ठ र विकासप्रेमी नेताको रुपमा जनतामा आफ्नो पहिचान बनाएका नेपाली कांग्रेसका नेता कृष्ण केसी लगायत नेताहरुमाथि भएको कारबाहीप्रति कांग्रेसका नेता तथा कार्यकर्ताले निःसर्त फुकुवाको माग गरिरहेका छन् । कांग्रेस अनुशासन आयोगले गरेको कारबाही विरुद्ध कांग्रेसका उच्च नेता, कार्यकर्ता र भातृ संगठनका पदाधिकारीले कारबाही अनुपयुक्त, विरोधाभास, व्यक्ति केन्द्रीत र राजनीतिक […]

‘अब जे गर्छौं सहमतिबाटै गर्छौं’

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति एवं एमाले नेतृ विद्या भण्डारीबीच सहमतिबाटै समस्या समाधान गर्ने समझदारी बनेको छ । कपार्टी केन्द्रिय कार्यालय च्यासलमा भएको वान टु वान वार्ताका क्रममा दुई नेताहरुबीच एकले अर्कोलाई विभाजित गरेर नभइ सहमति र समझदारी बनाएर अघि बढ्ने निष्कर्ष निस्केको हो । छलफलबारे जानकारी दिँदै पार्टीका प्रचार […]

कृषिमन्त्री अधिकारीको एक वर्ष : मलको अनुदान कटाएर दुध किसानलाई भुक्तानी, कृषि बीमामा सुधार

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आफ्नो एक वर्षे प्रगति विवरण सार्वजनिक गरेका छन् । सोमबार मन्त्रालयमा एक कार्यक्रम आयोजना गर्दै अधिकारीले आफूले गरेका नीतिगत, बजेट तथा कार्यक्रम कार्यान्वयन, संस्थागत सुधार, साझेदारी लगायत विषयमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गरेका हुन् । मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को प्रगति प्रतिवेदनमा मन्त्री अधिकारीले रासायनिक […]

कस्तो रह्यो कृषिमन्त्री अधिकारीको एक वर्षे कार्यकाल ?

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नीतिगत तथा संस्थागत सुधार गरी किसानलाई उपलब्ध गराइने सहुलियत तथा सेवा प्रवाहमा क्रमिक सुधार भएको बताएका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा एक वर्षमा भएका प्रमुख उपलब्धि सार्वजनिक गर्दे मन्त्री अधिकारीले मन्त्रालयले कृषि उत्पादन उत्पादकत्व वृद्धि, आधुनिकीकरण, बजारीकरण र किसानको जीवनस्तर सुधारलाई प्रमुख […]

पोखरामा कोरोना संक्रमित महिलाको मृत्यु

पोखरा साउन ५/ पोखरामा कोरोना भाइरस संक्रमित एक वृद्धा महिलाको मृत्यु भएको छ । चरक अस्पतालमा उपचाररत ७४ वर्षीय वृद्धाको आइतबार मृत्यु भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले जानकारी दिए। कोरोनाले नै मृत्यु भएको भनेर ठ्याक्कै कारण त्यही नहुन सक्छ । तर उहाँ कोरोना पोजिटिभ हो,’ उनले भने । ती वृद्धामा मधुमेह र उच्च […]

बालकको पेटमा अड्किएको कैंची शल्यक्रियाबाट निकालियो

 १५ वर्षीय बालकको पेटबाट नोबेल मेडिकल कलेजका चिकित्सकले कैंची निकालेका छन् । उदयपुरका बालकले खेल्ने क्रममा निलेको कैंची नोबेलका चिकित्सकले शल्यक्रिया गरेर निकालेका हुन् । नोबेल मेडिकल कलेजका प्रबन्धक दिपेश राईका अनुसार, १७ असारमा भर्ना भएका बालकको ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया गरी पेटभित्र अड्किएको कैंची निकालिएको हो । शल्यक्रिया पछि बालक घर फर्किएको उनले बताए । […]