महाराजगन्जका प्रहरी जवानको हत्यामा संलग्न थप एक जना पक्राउ

प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरी जवान उत्तम थापाको हत्यामा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले २१ वर्षीय सोङ गुरूङलाई पक्राउ गरेको हो। सोङ काठमाडौंको धुम्बाराहीबाट पक्राउ परेका हुन्। भदौ २४ गते आन्दोलन क्रममा महाराजगन्ज वृत्तमा प्रहरी जवान उत्तम थापा र असई मिलन रायको हत्या भएको थियो। प्रदर्शनकारीहरूले प्रहरी वृत्तमा […]
ओलीको राहदानी रोक्ने निर्णय फिर्ता लिन माग

नेकपा एमालेले पार्टी अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको राहदानी रोक्ने निर्णय फिर्ता लिन माग गरेको छ। मंगलबार प्रधानमन्त्रीनिवास वालुवाटारमा भएको सर्वदलीय बैठकमा एमालेका नेताहरूले यस्तो माग गरेका हुन्। उक्त बैठकमा एमालेका महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी थिए। महासचिव पोखरेलले सर्वदलीय बैठकमा रहेका विषयहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। जसमा पार्टी […]
विमानस्थलबाट सुनसहित भारतीय नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित भारतीय नागरिक पक्राउ परेका छन्। मंगलबार दिउँसो पौने ४ बजेतिर थाइ लायन एयरबाट काठमाडौं आएका भारतीय नागरिकलाई प्रहरीले सुनसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा बैंककबाट आएका भारतका नरपत सिंह सोलंकी छन्। भन्सार क्षेत्रमा जाँच पछि टनेल गेटबाट निस्किने क्रममा शंका लागेर उनलाई रोकेको थियो। उनको गतिविधि शंकास्पद भएपछि नियन्त्रणमा लिएर उनलाई […]
खेल खेल्न भारत लाग्याे नेपाली राष्ट्रिय महिला फुटबल टोली

नेपाली राष्ट्रिय महिला फुटबल टोली मैत्रीपूर्ण खेल खेल्न भारत प्रस्थान गरेकाे छ। नेपाली टोली बुधबार बिहान भारत प्रस्थान गरेकाे हाे। नेपालले कार्तिक ७ गते इरानसँग र १० गते भारतसँग खेल्ने छ। दुवै खेल भारतको शिलोङमा हुनेछ। यसअघि मैत्रीपूर्ण खेल खेल्ने टोलीकाे घोषणा भइसकेको छ। त्यस्तै टोलीले कर्तिक १३ गते भारतसँग अर्को मैत्रीपूर्ण खेल खेल्ने छ। […]
जेन–जी आन्दोलनका क्रममा भागेका दुई कैदी सल्यानमा पक्राउ

भदौ २४ गतेकाे जेन–जी आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका दुईजना फरार कैन्दीलाई प्रहरीले पक्राउ गरेको छ । कारागार कार्यालय दाङ र कास्की पोखरा कारागारबाट भागी फरार भएका दुई कैदीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । कारागार कार्यालय तुलसीपुर दाङबाट फरार बागचौर नगरपालिका- ८, गैरागाउँका २२ वर्षीय मिलन बस्नेत र कास्की पोखरा कारागारबाट फरार सल्यान […]
एनपीएलका लागि चितवन राइनोजले भित्र्यायो ३ विदेशी खेलाडी

चितवन राइनोजले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)का लागि ३ विदेशी खेलाडी भित्राएको छ । राइनोजले इंग्ल्यान्डका डाविड मलानसहित रवि बोपारा र सोहेल तनभिरलाई भित्राएको हो । रवि र सोहेलले पहिलो संस्करणको एनपिएल खेलेका थिए । उनीहरूलाई चितवनले रिटेन गरेको हो । मलानलाई नयाँ खेलाडीको रूपमा भित्राएको हो । ३८ वर्षीय बाँयाहाते ब्याटर मलानले इंग्ल्यान्डको […]
चुनावमा जान सबै दल तयार

सबै राजनीतिक दलहरुले चुनावमा जान तयार रहेको संकेत गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रमुख दलका नेताहरुले चुनावमा जान तयार रहेको तथा शान्ति सुरक्षाको अवस्थामा चुनौतीपूर्ण रहेको बताएका छन् । ठूलो संख्यामा कैदी र हतियार बाहिर रहेकाले चुनावमा जान समस्या भएको उनीहरुको भनाई थियो । छलफलमा प्रधानमन्त्री सुशीला कार्कीले समयमा भयरहित वातावरणमा […]
तिहारको पाँचौ दिन गाई पूजा गरिँदै

कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौ दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ। गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ। स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत […]
देशका विभिन्न स्थानबाट १०९ जना जुवाडे पक्राउ, २४ लाख बरामद

प्रहरीले काठमाडौं, चितवन, कास्की, भक्तपुरलगायत देशका विभिन्न स्थानमा छापा मारी जुवातास खेलिरहेको अवस्थामा १०९ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट २४ लाख रुपैयाँभन्दा बढी नगद र तास तथा कौडा बरामद गरिएको प्रहरीले जनाएको छ। काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेलस्थित नेवा चुली रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा रिसोर्टका संचालक सोही ठाउँ बस्ने ३१ वर्षीय राकेश श्रेष्ठ समेत ९ […]
जेनजी आन्दोलनका घाइतेलाई ४८ लाख रुपैयाँ भैपरी खर्च, मृतकका ५३ परिवारलाई पठाइयो राहत

जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको भैपरी खर्चवापत् सरकारले ४८ लाख ५८ हजार रुपैयाँ निकासा दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रारम्भिक प्रतिवेदनका आधारमा भैपरी खर्चवापत प्रत्येक घाइतेलाई २० हजार रुपैयाँका दरले वितरण गर्न यो रकम पठाइएको हो । पहिलो चरणमा झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, कास्की, सुर्खेत, कैलाली र डडेलधुरामा रकम पठाइसकिएको गृह […]