सुदूरपश्चिममा बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

सुदूरपश्चिम प्रदेशमा देखिएको बजेट शून्यताको अवस्थालाई मध्यनजर गर्दै बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सर्वदलीय बैठकले प्रदेशको बजेट निर्माण प्रक्रियालाई शीघ्र अगाडि बढाउने निर्णय गरेको हो।

बैठकमा सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

बजेट शून्यताको अवस्था लामो समयसम्म रहँदा प्रदेश सरकारका नियमित कामकाज तथा विकास निर्माणका गतिविधिमा असर पर्न सक्ने भन्दै बजेट निर्माण प्रक्रियालाई प्राथमिकताका साथ अघि बढाउने विषयमा बैठकमा सहमति जुटेको हो ।

बैठकले प्रदेशको वर्तमान आर्थिक अवस्थालाई समेत ध्यानमा राख्दै आवश्यक प्रक्रिया पूरा गरी बजेट निर्माणको कामलाई तत्काल अगाडि बढाउने निर्णय गरेको छ ।

सर्वदलीय सहमतिसँगै अब प्रदेश सरकारलाई बजेट निर्माण तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन बाटो खुलेको छ ।