तोलामा ४६ सयले घट्यो सुनको भाउ, तोला कति
काठमाडौँ – नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा चार हजार ६ सय रुपैयाँले घटेर तोलामा दुई लाख ८१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन तोलामा दुई लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । […]
एमालेको बहिष्कारकाबिच सुदूरपश्चिम मन्त्रिपरिषद्ले गर्यो पाँच अस्पतालमा अध्यक्ष नियुक्त
सत्ता साझेदार दल नेकपा एमालेले सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को बैठक बहिष्कार गरेको छ। एमालेका मन्त्रीहरूको अनुपस्थितिकैबिच मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको बैठकले प्रदेशका पाँच वटा अस्पतालमा नयाँ व्यवस्थापन समिति अध्यक्षहरू चयन गरेको छ। नेपाली कांग्रेसका दुई मन्त्री र मुख्यमन्त्री मात्र सहभागी उक्त बैठकले रिक्त रहेका प्रादेशिक तथा जिल्ला अस्पतालहरूमा राजनीतिक नियुक्ति गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्को […]
इटहरी र विर्तामोड घटना : ‘चेन अफ कमाण्ड’को अभाव र आदेशबिनै चल्यो गोली

२०८२ भदौ २३ र २४ गते नेपालको इतिहासमा राज्यको सुरक्षा संयन्त्र, सूचना प्रणाली र कमाण्ड कन्ट्रोलको धज्जी उडाइदियो । जेनजी विद्रोहका नाममा सुरु भएको युवाको प्रदर्शनले यस्तो भयानक र उग्र रूप लियो कि कोशी प्रदेशमा समेत राज्य र नागरिकले अकल्पनीय जनधनको क्षति व्यहोर्नु पर्यो । शान्तिपूर्ण भनिएको आन्दोलनमा घुसेका घुसपैठिया, राजनीतिक दलका कार्यकर्ता र स्वार्थ […]
एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज सुरु, ईभीप्रति ग्राहकको आकर्षण बढ्दो
ग्राहकको उत्साहजनक सहभागितासहित एमएडब्लु वृद्धिको देशव्यापी ‘मेगा एक्सचेन्ज कार्निभल’ औपचारिक रूपमा सुरु भएको छ । कार्निभलमा लोकप्रिय विद्युतीय सवारी (इभी) ब्रान्डहरू दिपल, नामी, अवतार र सेरेसलाई एउटै प्लेटफर्ममा प्रस्तुत गरिएको छ । पहिलो दिनमै प्रविधिमै अब्बल र आकर्षक डिजाइनयुक्त इभीमा अपग्रेड हुन चाहने ग्राहकहरूको उल्लेख्य उपस्थिति देखिएको आयोजकले जनाएको छ । बिहीबारदेखि शनिबारसम्म सञ्चालन हुने […]
प्रधानमन्त्रीको शपथ लिनु अघिल्लो दिन आयो बालेनको नयाँ गीत (भिडीओ)
काठमाडौँ – प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गीत सार्वजनिक गरेका छन् । बालेनकै आधिकारिक युट्युब च्यानलमा बिहीबार साँझ रिलिज गरिएको र्याप गीतमा उनकै शब्द, संगीत र स्वर छ । गीतको भिडियोमा उनले देशको पूर्वदेखि पश्चिमसम्मसँग गरेको चुनावी यात्राका दृश्यहरू समावेश गरिएको छ । उनले […]
राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्की
काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्नेछिन् । भदौ २३ र २४ गतेको जेन जेड आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो । त्यसपछि नागरिक सरकारको नेतृत्व गर्दै पहिलो प्रधानमन्त्रीको रूपमा सुशीला कार्कीले देशको बागडोर सम्हालेकी थिइन् । शुक्रबार रास्वपाका वरिष्ठ […]
जेन–जी आन्दोलनको प्रतिवेदन प्रथम दृष्टिमै अपूर्ण र अधुरोः कांग्रेस
काठमाडाैं । नेपाली काँग्रेसले जेन–जी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन प्रथम दृष्टिमै अपूर्ण र अधुरो रहेको टिप्पणी गरेको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टी प्रवक्ता देवराज चालिसेले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले जाँचबुझ आयोगको प्रतिवेदनले घटनाक्रमको पूर्ण चित्र प्रश्तुत गर्न नसकेको बताउनुभयो । प्रतिवेदनले २३ भदौको जेन–जी आन्दोलनबारे […]
अन्तिम समयमा एन्फा निर्वाचन स्थगित
अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को सूचना प्रकाशित नभएसम्मका लागि निर्वाचन स्थगित गरेको छ। एन्फा निर्वाचन समितिले बिहीबार सूचना जारी गर्दै अर्को सूचना नआएसम्म निर्वाचन स्थगित गरिएको जनाएको हो। उक्त निर्वाचन शुक्रबार अर्थात् भोलि हुने तय गरिएको थियो। बुधबार बेलुका राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो।
रास्वपाभित्र मन्त्री भागबण्डा टुंग्याउन रवि र बालेनबीच गोप्य वार्ता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ले संसदीय दलको नेतामा बालेन्द्र शाह (बालेन)लाई चयन गरेसँगै उनी भोलि (शुक्रबार) प्रधानमन्त्रीको शपथ लिने तयारीमा छन्। पार्टी स्रोतका अनुसार प्रधानमन्त्रीसँगै मन्त्रीहरूको पनि शपथ गराउने तयारी भइरहेको छ। त्यसअघि मन्त्रिपरिषद् गठनका लागि नाम टुंग्याउने काम तीव्र पारिएको छ। यसक्रममा पार्टी सभापति रवि लामिछाने र बालेन्द्र शाहबीच मन्त्री छनोटबारे उच्चस्तरीय छलफल […]
बालेन र रविले गर्दा शपथ १२ मिनेट ४६ सेकेन्ड ढिलो भयोः हर्क साम्पाङ
काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले रास्वपा बरिष्ठ नेता बालेन शाह र सभापति रवि लामिछानेका कारण सांसदको शपथ १२ मिनेट ४६ सेकेन्ड ढिलो भएको दाबी गरेका छन्। सामाजिक सञ्जालमा शपथलगत्तै पोस्ट राखेका उनले यसो भनेका हुन्। ‘मैले मोबाइल हेरेको भाइरल बनाउने मिडियाले बालेनजी र रविजीले गर्दा १२ मिनेट ४६ सेकेण्ड ढिलो शपथ भएको किन […]