डेंगु संक्रमितकाे संख्या ५ हजार नाघ्याे, ७५ जिल्लामा डेंगु फैलियाे

डेंगु संक्रमितकाे संख्या यस वर्ष ५ हजार नाघेकाे छ । गत पुसको मध्यदेखि हालसम्म ५ हजार १ सय ९६ जनामा डेंगु संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएकाे हाे । ७५ जिल्लामा डेंगु फैलिदा गत एक हप्तामा मात्रै २ सय ९४ नयाँ संक्रमित थपिएका छन् । ईडीसीडीको पछिल्लो तथ्यांक अनुसार गण्डकीमा १ […]
पेरूमा पनि जेनजी युवा भ्रष्टाचारविरूद्ध सडकमा प्रदर्शनमा उत्रिए

दक्षिण अमेरिकी मुलुक पेरूका जेनजी युवा पुस्ताले भ्रष्टाचारविरुद्ध सडकमा प्रदर्शनमा उत्रिएकाे छ। यहि सेप्टेम्बर २७ तारिखमा राजधानी लिमामा हजारौं युवाले राष्ट्रपति दीना बोलुआर्तेविरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रहरीले प्रदर्शनकारीमाथि लाठी चार्जसँगै अश्रुग्यास पनि प्रहार गरेको छ । जवाफमा युवाहरूले ढुंगा प्रहार गरेका छन् […]
पाँच दिनमा अर्थमन्त्री खनालले गरे ३ हजार ८ सय २१ गुनासो सम्बोधन

अर्थमन्त्री रामेश्वर खनालले अर्थ मन्त्रालयसँग सम्बन्धित ३ हजार ८ सय २१ गुनासो सम्बोधन गरेको छन् । मन्त्रालयसँग सम्बन्धित कुनै गुनासो भए वा कर्मचारीले घुस मागेमा सीधै इमेल गर्न सूचना निकालिएको थियो । सूचना सार्वजनिक भएको पाँच दिनमा ह्वाट्स एपबाट २ हजार २००, एसएमएसबाट १ हजार ५०० भन्दा बढी र १२१ वटा इमेलहरूको गुनासो सम्बोधन गरेको […]
रास्वपाको निर्देशन– चाडपर्वमा उपहार नलिनू, निवर्तमान सांसदले रातो पासपोर्ट बुझाउनू

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका निवर्तान सांसदहरूलाई यथाशीघ्र रातो पासपोर्ट र सांसदको परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन निर्देशन दिएको छ। यसअघिको प्रतिनिधि सभामा रास्वपाका २१ जना सांसद थिए। सोमबार प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै सबै तहका नेताहरूले चाडपर्वका दौरान शुभकामना पत्रहरूबाहेक कुनै किसिमको उपहार स्वीकार नगर्न निर्देशन पनि जारी गरेका छन्। जेनजीको अगुवाइमा […]
विभिन्न ६ ठाउँमा राजमार्ग अवरुद्ध

अविरल वर्षा, बाढीपहिरोका कारण देशका विभिन्न छ ठाउँमा आज पनि राजमार्ग बन्द रहेका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले सङ्खुवासभा, सिन्धुपाल्चोक र रसुवा जिल्लाका छ ठाउँमा राजमार्ग अवरुद्ध रहेका जानकारी दिए। उनका अनुसार अहिले बिहान ९ बजेसम्मको विवरणअनुसार अविरल वर्षाका कारण सङ्खुवासभाको भोटखोला गाएँपालिका-४ बरुणमा कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध […]
चीनका पूर्व कृषि मन्त्रीलाई भ्रष्टाचारको आरोपमा मृत्युदण्ड

चीनका पूर्व कृषिमन्त्री ताङ रेनजियानलाई आइतबार भ्रष्टाचार मामिलामा मृत्युदण्डको सजाय सुनाइएको छ। चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार, ताङले सन् २००७ देखि २०२४ सम्म विभिन्न पदमा रहँदा ५ अर्ब ७ करोड रुपैयाँभन्दा बढी नगद र सम्पत्ति घुसस्वरूप लिएका थिए। यद्यपि, उनलाई दुई वर्षको समयावधि दिइएको छ। अदालतले आफ्नो फैसलामा ताङलाई उनका राजनीतिक अधिकारहरूबाट वञ्चित गरेको […]
एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

नेकपा एमालेले विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्नका लागि असोज २७ र २८ गते पार्टी केन्द्रीय कमिटीको बैठक बोलाएको छ । केन्द्रीय सचिवालयको गुण्डुमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । उपमहासचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार केन्द्रीय कमिटीका एजेन्डा तय गर्न असोज १९ र २० गते सचिवालयको बैठक डाकेको छ । ‘सम्भवतः हामी चाँडै […]
मुस्ताङमा एक लाख दुई हजार विदेशी पर्यटक भित्रिए

धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा सन् २०२५ को जनवरीदेखि सप्टेम्बर २८ तारिखसम्ममा एक लाख आठ हजार ६८६ जना विदेशी पर्यटकले भ्रमण गरेका छन् । अघिल्लो वर्ष सोही अवधिमा यहाँ एक लाख दुई हजार ८९४ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए । गतवर्षको तुलनामा पाँच दशमलव ३२ प्रतिशतले वृद्धि भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना […]
पोखराका मेयर आचार्यको आग्रह: सडकमा अलपत्र जलेका गाडी हटाउन महानगरलाई खबर गर्नुहोस्!

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सडक किनारमा आन्दोलनका क्रममा आगजनी भई अलपत्र परेका सवारी साधन तथा अन्य सामग्री हटाउन सहयोगका लागि सर्वसाधारणलाई आग्रह गर्नुभएको छ। यस्ता अलपत्र वस्तुहरूले विदेशी पर्यटकहरूमा समेत नकारात्मक प्रभाव परिरहेको भन्दै मेयर आचार्यले सामाजिक सञ्जालमार्फत यस्तो अनुरोध गर्नुभएको हो। मेयर आचार्यले जारी गर्नुभएको सूचनामा भनिएको छ, “आन्दोलनका क्रममा आगजनीमा परेका सवारी […]
भीमसेनस्थान नजिक भीषण आगलागी, क्षतिको पूर्ण विवरण आउन बाँकी

काठमाडौं महानगरपालिका वडा नं २० को वडा कार्यालय भीमसेनस्थान नजिकको घरमा आगलागी भएको छ। नेपाली सेना, काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका सहित ६ वटा दमकल, नेपाल प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पूर्णिमा चन्दले जानकारी दिए। उनले भने, ‘बिहान करिब ४ आगलागी भएको थियो। दमकल, […]