राष्ट्रपति पौडेलले संसद रोकेर सरकारले धमाधम अध्यादेश सिफारिस गरेपछि आज संविधानविद्सँग परामर्श गर्दै

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

राष्ट्रपति रामचन्द्र पौडेलले संसद् रोकेर सरकारले धमाधम अध्यादेश सिफारिस गरेपछि बिहीबार संविधानविद्हरूसँग परामर्श गर्नुहुने भएको छ।

उहाँले बिहीबार अपराह्न छलफल गर्ने तय भएपनि समय यकिन नभएको राष्ट्रपतिको सचिवालयले जनाएको हो । सरकारले यहि वैशाख १४ गते संवैधानिक परिषद्को काम कर्तव्य र अधिकार सम्बन्धी ऐन, २०६६ र सहकारी ऐन, २०७४ लाई संशोधन गर्ने अध्यादेश र वैशाख १५ गते स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश, केही नेपाल कानून संशोधन गर्न बनेको अध्यादेश र विश्वविद्यालयसम्बन्धि अध्यादेश जारी गर्नका लागि सिफारिस गरेको थियो ।

संसद अधिवेशन रोकेर अध्यादेश ल्याएको भन्दै सरकारको चौतर्फी विरोध भइरहेको छ । विपक्षी दलहरुले अध्यादेश जारी नगर्न राष्ट्रपतिसमक्ष माग समेत गरेका हुन् ।