अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर तीन दिने भ्रमणका लागि आज नेपाल आउँदै

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका विशेष दूत सर्जियो गोर तीन दिने भ्रमणका लागि बिहीबार नेपाल आउनुहुने भएको छ।

अमेरिकी सहायक विदेशमन्त्री एस पावल कपुर तीन दिने भ्रमण सकाएर फर्किए लगत्तै गोर नेपाल आउन लाग्नुभएको हो ।भ्रमणका क्रममा उहाँले अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री बालेन्द्र शाहसँग भने भेटघाटका लागि अहिलेसम्म कुनै कार्यतालिका नबनेको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो ।

विशेष दूत गोर बङ्गलादेश, भुटान, श्रीलंका र काजकिस्तान लगायत देशको भ्रमण पूरा गरी नेपाल आउन लाग्नुभएको छ । विशेष दूत गोरको भ्रमण लगानी र आर्थिक सहकार्यमा केन्द्रित हुने परराष्ट्र मन्त्रालयले जनाएको हो ।