हेटौंडामा सडक भासिँदा गाडी जमिनभित्र गायब

पाेखरा, हेटौंडा उपमहानगरपालिका–१६ र १७ नम्बर वडा जोडिएको गैरीगाउँमा सडक भासिएर पिकअप भ्यान  गायब भएको छ । भित्री कच्ची सडकखण्डमा घाँस काट्ने मेसिन बोकेको ना४च ४८३३ नम्बरको माछा बोक्ने सिङ्गल क्याप बलेरो गाडी (भ्यान) सडक भासिँदा हराएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । गाडी भासिँदै गएपछि सडकमै पानीको दह बनेको छ । […]

लामाचौरमा वसन्त काव्य महोत्सव

पोखरा, २० वैशाख / प्रतिविम्ब वाङ्मय प्रतिष्ठान, पोखरा–१९ को आयोजनामा वसन्त काव्य महोत्सव सुरु भएको छ ।जनकविकेशरी धर्मराज थापाको शत्वार्षिकी अवसरमा लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुलको सभाहलमा शुक्रबारदेखि सुरु महोत्सव २ दिनसम्म चल्नेछ ।गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महोत्सव उद्घाटन गर्दै गण्डकी प्रदेश नेपाली भाषा, साहित्य र संस्कृतिको उर्वरभूमि भएको बताए । गण्डकीका सामाजिक विकास, युवा […]

आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा

पाेखरा, २० वैशाख :हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावा आंशिक प्रभाव नेपालमा रहेको छ । जसको प्रभावले हाल कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको र कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा […]

अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो र दिनारको मूल्य बढ्यो

पोखरा, २० बैशाख २०८२।नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। तर पाउन्डसहित केही मुद्रा भने सस्तिएका छन्। आज अमेरिकी डलर १ को खरिददर १३५ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ६४ पैसा छ। विगत दुई […]

नेकपा (एमाले) कास्कीको जिल्ला कमिटीको चौथो पूर्ण बैठक जारी, संगठन सुदृढीकरणमा जोड

पोखरा,नेकपा (एमाले) कास्की जिल्ला कमिटीको चौथो पूर्ण बैठक जिल्ला पार्टी कार्यालय, शान्तिबनमा निरन्तर रूपमा जारी छ। बैठकमा संगठनात्मक सुदृढीकरण, समसामयिक राजनीतिक परिदृश्य, र आगामी रणनीतिबारे व्यापक छलफल भइरहेको छ। बैठकमा नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा पूर्व गृह, जनसंख्या तथा स्वास्थ्य मन्त्री श्रद्धेय नेता खगराज अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्छ। यस्तै, पार्टी केन्द्रीय सदस्य […]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको न्यायिक छानबिन आवश्यक छ: महासचिव गुरुङ

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भनिएको अनियमितताको न्यायिक छानबिन हुनुपर्ने बताएका हुन्। प्रेस सेन्टर नेपाल कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटमा उनले हालै संसदीय छानबिन उपसमितिले दिएको प्रतिवेदनका आधारमा न्यायिक छानबिन गर्नुपर्ने बताएका हुन्। ‘पोखरा विमानस्थलबारे संसदीय समितिले नीतिगत प्रतिवेदन दिएको छ । […]

नेकपा (एस) गण्डकीले मुख्यमन्त्रीलाई ५४ बुँदे मागपत्र बुझायो

पोखरा,नेकपा (एकीकृत समाजवादी) गण्डकी प्रदेश कमिटीले आज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेट गरी औपचारिक मागपत्र बुझाएको छ। देशभरका सबै प्रदेशमा पार्टीले समान प्रकृतिको मागपत्र बुझाउँदै आएको सन्दर्भमा गण्डकी प्रदेशमा पनि जनजीविका, उत्पादन, रोजगार र सुशासनका सवाललाई प्राथमिकतामा राख्दै सरकारको ध्यानाकर्षण गराइएको हो। पार्टीका केन्द्रीय सचिव श्रीनाथ वरालको उपस्थितिमा प्रदेश अध्यक्ष कृष्ण नेपाली, सचिव ठाकुर […]

सडक सुरक्षामा सहयोग गर्दै नेकपा (एस)

पोखरा, वैशाख १९ – सडक सुरक्षालाई प्रभावकारी बनाउन नेकपा (एकीकृत समाजवादी) पोखरा महानगर कमिटीले जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई डिभाइडर व्यवस्थापनका लागि आवश्यक डोरी हस्तान्तरण गरेको छ। कार्यवाहक अध्यक्ष सालिक बरालको नेतृत्वमा सचिव सुरज अधिकारी, कार्यालय सदस्य सूर्य केसी तथा आईसीटीयू (ICTU) का नेताहरूको सहभागितामा ट्राफिक कार्यालयमा सामग्री हस्तान्तरण गरिएको हो।  बरालले शहरको ट्राफिक व्यवस्था सुधारका […]

संसारका १० धनी अभिनेताको सूची : शीर्षमा आर्नोल्ड, चौंथोमा शाहरुख

एस्क्वायर’ले विश्वका शीर्ष १० धनी अभिनेताको सूची जारी गरेको छ, जसमा बलिउड अभिनेता शाहरुख खानले हलिउड स्टारसँगै स्थान बनाएका छन् । शाहरुखले ब्राड पिट र टम ह्यांक्सजस्ता स्टारलाई समेत पछि पारेका छन् ।हलिउड र बलिउड सुपरस्टारको लामो सूची छ जो आफ्ना अद्भूत फिल्मको लागि मात्र होइन, अपार सम्पत्तिका लागि पनि परिचित छन् । यी मध्ये […]

भाजपाका विदेश विभाग प्रमुख चौथाइवाले र कांग्रेस नेता साउदबीच भेट

नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपाली कांग्रेसका नेता एनपी साउदसँग भेटवार्ता गरेका छन् । राजनीतिक पार्टीका दोस्रो तह तथा तेस्रो तहका नेतासमेत भेट गरिरहेका चौथाइवालेले कांग्रेस नेता साउदसँग भेट गरेका हुन् । पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका साउदसँगको भेटमा दुई देशबीचको सम्बन्धका विभिन्न पक्षबारे छलफल भएको उनले सामाजिक सञ्जालमार्फत् जनाएका छन् । […]