काठमाडौंका मेयर बालेनले आगामी माघ ५ गते राजीनामा दिने

 ।महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले आगामी माघ ५ गते राजीनामा दिनुहुने भएकाे छ। मेयर बालेनको सचिवालयका एक सदस्यले उहाँले प्रतिनिधिसभा निर्वाचन लड्नका लागि राजीनामा दिने तयारी गरेको बताएका हुन् । उहाँले राजीनामा दिने निश्चित भएको र माघ ५ गते राजीनामा दिने सचिवालयले जनाएकाे छ। त्यसपछि मेयर बालेन निर्वाचन तयारीका लागि झापा–५ जाने तयारीमा रहेकाे जनाइएकाे […]

क्युबालाई तत्काल सम्झौता गर्न एवं गम्भीर नतिजा भोग्न तयार रहन अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तत्काल सम्झौता गर्न एवं गम्भीर नतिजा भोग्न तयार रहन चेतावनी दिनुभएको छ । राष्ट्रपति ट्रम्पले आइतबार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत क्युबा जाने तेल र पैसाको प्रवाह अब रोकिने चेतावनी दिनुभएको हो । यहि जनवरी ३ तारिखमा अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उहाँकी श्रीमतीलाई राजधानी काराकसबाट एक […]

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष नै भएको बताएका छन् । आज आइतबार भृकुटीमण्डपमा भएको विशेष महाधिवेशन उद्घाटन सत्रका कही तस्बिरहरू राखेर उनले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै नै विशेष रह्यो ।’ त्यस्तै उनले महाधिवेशनमा सहभागी हुने सबैप्रति आभार पनि व्यक्त […]

मध्यपहाडी लोकमार्गको बागलुङ-बिहुँ खण्ड अलपत्र

 । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङको उपल्लाचौर-बयलडाँडा खण्ड अलपत्र परेको छ । नौ वर्षसम्म निर्माण कम्पनीले काम नगर्दा ठेक्का सम्झौता तोडिएपछि लोक मार्गको काम अलपत्र परेको हो । पाँच पटकसम्म म्याद थप्दा पनि काम नगरेपछि लोकमार्ग कार्यालयले ठेक्का सम्झौता तोडेको हो । अब कहिले नयाँ ठेक्का कहिले खुल्छ भन्ने अनिश्चित बनेको लोकमार्ग कार्यालयले […]

सुमन ढुंगानालाई ‘टान गण्डकी पर्यटन पत्रकारिता सम्मान’

पर्यटन क्षेत्रको विकासमा पत्रकारिता मार्फत उल्लेखनीय योगदान पुर्याए बापत ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले पत्रकार सुमन ढुंगानालाई सम्मान गरेको छ । टान गण्डकीको ३२ औं साधारण सभाको अवसर पारेर टान गण्डकीले ढुंगानालाई सम्मान गरेको हो । न्यूज २४ टेलिभिजनका गण्डकी ब्युरो प्रमुख समेत रहेका ढुंगाना सहित पत्रकार बिमल तिवारी र सागर ढकाललाई पनि […]

राजनीतिक दल, उम्मेदवार र मतदाताका लागि सुरक्षाको भरपर्दो वातावरण छ : आयोग

निर्वाचन आयोगले आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल, उम्मेदवार र मतदताका लागि सुरक्षाको भरपर्दो वातावरण हुने जनाएको छ । निर्वाचनमा सुरक्षाकै कारण राजनीतिक दल र उम्मेदवारले जनतासँग मात माग्न र मतदताले मतदान गर्न असुविधा हुने स्थिति नआउने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । उनले एकीकृत सुरक्षा योजनाअनुसारका चारैसुरक्षा निकायले समन्वयात्मक काम गरिरहेको र नेपाल […]

विश्वप्रकाश शर्माले महाधिवेशन प्रतिनिधिले रूपान्तरित काँग्रेस खोजेको बताए

 नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महाधिवेशन प्रतिनिधिले रूपान्तरित काँग्रेस खोजेको बताएका छन् । “पार्टीभित्रको कमजोरीको हिस्सा हामी ड्राइभिङ सिटको नजिक बसेका हामीले पनि लिन्छौँ,” उनले भने, “बनेको परिस्थिति सामना गर्न मनस्थिति पुरानो राखेर हुँदैन । बदल्नुपर्छ ।” पुरानो बानी राखेर नयाँ देश बनाउन नसकिने बताएका छन् ।

गगनकुमार थापाले नेपाली कांग्रेस दास र लासको नभइ जिउँदाहरुको पार्टी रहेको बताए

 महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस दास र लासको नभइ जिउँदाहरुको पार्टी रहेको बताएका छन् । राजधानीको भृकुटीमण्डमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले आफ्नो पार्टीमा प्रश्न गर्न पाइने जिकिर गरेका छन् । प्रश्न गर्नेले नै उत्तर दिनसक्ने उनको भनाइ छ । उनले भनेका छन्, ‘यो कुनै बाको संगठन होइन यहाँ प्रश्नहरु छन्, […]

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीमा फोटो प्रदर्शनी

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पाल्पामा फोटो प्रदर्शनी आयोजना गरिएको छ । यो प्रदर्शनीले नेपाल एकीकरणको ऐतिहासिक यात्रा, पृथ्वीनारायण शाहको योगदान र राष्ट्रिय एकताको सन्देशलाई जीवन्त बनाउने उद्देश्य राखेको छ । प्रदर्शनीमा पृथ्वीनारायण शाहको तस्बिर, एकीकरण अभियानका महत्वपूर्ण क्षणहरू र समकालीन नेपालको विविधतासम्बन्धी फोटोहरू राखिएका छन् । स्थानीय स्तरमा […]

गायक प्रशान्त तामाङको निधनमा पश्चिम बङ्गालकी मुख्यमन्त्रीद्वारा दुःख व्यक्त

‘इन्डियन आइडल’ विजेता तथा चर्चित गायक प्रशान्त तामाङको आकस्मिक निधनप्रति पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीले गहिरो शोक व्यक्त गरेकी छन्। सामाजिक सञ्जालमार्फत आफ्नो सन्देश जारी गर्दै उनले राष्ट्रिय ख्याति प्राप्त कलाकार तामाङको असामयिक निधनको खबरले आफू स्तब्ध भएको बताएकी छन्। मुख्यमन्त्री बेनर्जीले दार्जिलिङको पहाडसँग प्रशान्तको पुर्ख्यौली सम्बन्ध र कुनै समय कोलकाता प्रहरीसँगको आबद्धताका कारण उनी […]