आजको मौसम: हिमाली भूभागका एकदुई स्थानमा हिमपातको पूर्वानुमान

हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभाग, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली भूभागमा साधारणतया बादल तथा अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका […]
बालेन देश दौडाहामा रहँदा झापा–५ मा उत्साहसाथ चलिरहेको छ ‘चुनावी पैदल यात्रा’

जेनजी विद्रोहले अपदस्त गरेका तत्कालिन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत प्रतिस्पर्धामा रहेको झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन शाहको पक्षमा उत्साहका साथ चुनावी पैदल यात्रा जारी राखिएको छ। ०४८ सालदेखि हालसम्म एक पटक मात्र ओलीले चुनावमा पराजय भोगेको क्षेत्रमा फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा बालेनले जित निकाल्ने प्रक्षेपण सर्वसाधारणले […]
चुनाव आउन ४ दिन बाँकी : निर्वाचनका दिन यसरी मिलाइएको छ पासको व्यवस्था

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदै छ । आयोगले सवारीसाधन सञ्चालनसम्बन्धी व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र अत्यावश्यक सेवामैत्री बनाउन सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२ अनुरुप पास आवश्यक नपर्ने उल्लेख गरेको छ । आयोगबाट नेपाल सरकारलाई देहायबमोजिमका सम्बन्धित […]
बालेन शाहको नेतृत्वमा झापाका चार क्षेत्रमा रास्वपाको ‘रोड शो’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै आज झापामा ‘रोड शो’ कार्यक्रम आयोजना गर्दैछ। हिजो काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा उत्साहजनक सहभागितासहित कार्यक्रम सम्पन्न गरेको रास्वपाले आज उक्त अभियानलाई पूर्वी जिल्ला झापामा केन्द्रित गरेको हो। रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा झापाका ४ वटा निर्वाचन क्षेत्र १, २, ३ र ४ मा रोड सो गरिने […]
रौतहटमा बख्तरबन्द गाडीसहित नेपाली सेनाको गस्ती

निर्वाचनका समय रौतहटमा शान्ति सुरक्षा कायम राख्न पैदल, मोटरसाइकल, सवारी साधन तथा बख्तरबन्द गाडीमार्फत सेनाले गस्ती गर्न थालेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले रौतहट जिल्लामा तैनाथ नेपाली सेनाको श्री नारायणदल गणले सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाएको छ । फागुन २१ गते सम्पन्न हुने निर्वाचनलाई […]
शनिबार बिहानै मारिएका थिए खामेनी

तेहरान- इरानको फार्स समाचार एजेन्सीले सर्वोच्च नेताको हत्याबारे थप विवरण दिएको छ। एजेन्सीका अनुसार आयातुल्ला अली खामेनी शनिबार बिहान सबेरै आफ्नो कार्यालयमा मारिएका जनाएको छ ‘तोकिएको जिम्मेवारी निर्वाह गरिरहेकै बेला’ उनी मारिएका खुलेको छ । समाचारअनुसार इजरायली सेनाले खामेनेईको घरमा ३० बम खसालेको खुलेको छ। द बाल स्ट्रीट जर्नलका अनुसार, इजरायल र अमेरिकाका गुप्तचर एजेन्सीहरू […]
नयाँपुस्ताका मतदाता भन्छन् : ‘जनताको समस्या बुझ्ने नेतृत्व आवश्यक’
नवलपरासी– आगामी फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा युवा मतदातामा उत्साह र जिज्ञासा एकैसाथ देखिएको छ । नयाँ पुस्ता यसपटक आफ्नो मताधिकार प्रयोग गर्दै लोकतान्त्रिक प्रक्रियामा प्रत्यक्ष सहभागी हुने तयारीमा जुटेका हुन् । यसअघि निर्वाचनलाई परिवारका अग्रजले गर्ने कार्यका रूपमा हेर्दै आएका यी युवाहरू अहिले भने स्वयं निर्णयकर्ता बन्ने चरणमा पुगेका छन् । सामाजिक […]
विदेशीलाई नागरिकता दिने विषय राष्ट्रघाती : प्रभु साह

आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विदेशीलाई नागरिकता दिने विषय घोषणापत्रमा उल्लेख गर्ने दलहरूले तत्काल माफी माग्नुपर्ने बताएका छन्। शनिबार सिम्रौनगढमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै साहले २१ फागुनको निर्वाचनलाई लक्षित गरी सार्वजनिक गरिएका घोषणापत्रमा विदेशीलाई नागरिकता दिने प्रावधान राखिएको आरोप लगाए। उनले यस्तो प्रावधान राष्ट्रघाती कदम भएको दाबी गर्दै कडा विरोध […]
अफगानसँगको सीमा संघर्षमा ‘संवाद हुँदैन’ : पाकिस्तान

पाकिस्तान र अफगानिस्तानबिच सीमा नजिक लगातार तेस्रो दिन झडप भएको छ, जसलाई पाकिस्तानले खुल्ला युद्ध भनेको छ । अन्तर्राष्ट्रिय समुदायले मध्यस्थताको लागि दबाब बढाइरहेको छ । युरोपेली संघकी विदेश नीति प्रमुख काजा कल्लासले शनिबार दुबै देशलाई तनाव घटाएर वार्ता सुरु गर्न आह्वान गरेका थिए । इरान, जोर्डन, संयुक्त अरब इमिरेट्स, रूस र संयुक्त राष्ट्रसंघका महासचिव […]
फागुन २१ को चुनाव जनमत सङ्ग्रहजस्तै हो: प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ को निर्वाचन नेपाली जनताको आत्मनिर्णयको अधिकार रक्षा गर्ने ठुलो जनमत सङ्ग्रहजस्तो भएको बताएका छन् । शनिबार कपिलवस्तु कृष्णनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले सबै मिलेर मुलुकको रक्षा गर्ने समय आएको भन्दै आगामी निर्वाचन जनताको आत्मनिर्णयको अधिकार रक्षा गर्ने ठुलो जनमत सङ्ग्रहजस्तो भएको बताएका हुन् […]